२५ असार २०८१ मंगलबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरले ६ देखि १० कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजा दिने

फाइल तस्बिर

काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ।

गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए।

उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रू १० थप गरेर रू २५ बनाएको थियो।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू १५ मा महानगरले रू १५ थप गरी रू ३० पुर्‍याएको कोइरालाले बताए। भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ।

प्रकाशित: ३ भाद्र २०८० १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App