२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

नपढाउने शिक्षकलाई कारबाही हुने

नारायण नगरपालिकाको कार्यालय दैलेख।

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।

नगरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी नभएको गुनासो अभिभावक आएपछि नियमित नआउने शिक्षकलाई कारबाही गर्ने नगरपालिकाले जनाएको छ। विद्यालयमा नियमित उपस्थित नहुने, विद्यालयमा राजनीति गर्ने, नपढाउने शिक्षकहरूलाई नसुध्रिए कारबाही प्रक्रिया अगाडी बढाउने नारायण नगरपालिका दैलेखका शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

 ‘शैक्षिक स्तर सुधार नै अबको मुख्य लक्ष्य हो। शिक्षा अधिकृत उपाध्यायले भने, शिक्षकहरूको भुमिका यसमै केन्द्रित हुनुपर्छ।’ शिक्षकहरूले आफ्ना पेसाप्रति लगनशील नहुने जो सुकैलाई कारबाहीको दायरामा आउने उनले बताए।

विद्यालय विहान १० बजेदेखि ४ बजेसम्म नपढाएको पाएमा वा मर्यादाभन्दा बाहिर गएमा कारबाही हुने, विद्यालयको प्रधानाध्यापक अनुपस्थित भएमा अनिवार्य निमित्त प्रअलाई जिम्मेवारी दिई विद्यालय चलाउनुपर्ने निर्देशन दिइएको नगर शिक्षा शाखाले जनाएको छ। विगतमा दैलेखमा खेताला शिक्षक राख्ने, राजनीति बढी गर्ने, नपढाउन नजाने लगायतका कुराहरूले शिक्षा क्षेत्र फस्टाउन सकेको थिएन। सरकारी विद्यालयको नतिजा सन्तोषजनक देखिएको छैन्। पछिल्लो समय जनप्रतिनिधिहरू चुनिएसँगै शिक्षा क्षेत्रको विकासका लागि आशा लाग्दो कदमहरू चालिएका छन्। 

प्रकाशित: १ भाद्र २०८० ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App