११ माघ २०८२ आइतबार
image/svg+xml
शिक्षा

बोस्टन कलेजका एक सय १७ विद्यार्थी विश्वविद्यालयको डिन लिस्टमा

चितवनको भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजले उत्कृष्ट नतिजा लिएको छ।

पोखरा विश्वविद्यालयले हालसालै प्रकाशित गरेको बीबीए, बीबीए–बीआई, बीसीआईएस तर्फ पहिलो, तेस्रो, पाँचौँ र सातौँ सेमेस्टरका एक सय १७ जना विद्यार्थी उत्कृष्ट नतिजा सहित विश्व विद्यालयको डिन लिस्टमा परेका छन्।  

पोखरा विश्वविद्यालयको नियम अनुसार ३.७ जिपिए भन्दा माथि ल्याएका विद्यार्थीलाई डीन लिस्ट अन्तर्गत छुट्टै सम्मान गर्ने प्रचलन छ। ४ मा ४ जिपिए ल्याउने विद्यार्थी २८ जना रहेको कलेजका स्नातक कार्यक्रम निर्देशक पुष्पराज अधिकारीले जानकारी दिए। विश्वविद्यालयको परीक्षामा सबै विषयमा ए ग्रेड ल्याउने विद्यार्थीको जिपिए ४ जिपिए आउँछ। जसलाई बोलीचालीको भाषामा ‘युनिभर्सिटी टप’ गरेको भन्ने प्रचलन छ। पोखरा विश्वविद्यालय अन्तरगर्तका ४८ कलेज मध्ये उत्कृष्ट भएको उनको दाबि छ।

शुक्रबार डीन लिस्टको सुचीमा पर्ने सम्पूर्ण विद्यार्थीलाई सम्मान समेत गरिएको छ। बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले यो नतिजा नेपालमै सर्वोत्कृष्ट नतिजा भएको दाबी गरे। उनले विगत दुई वर्षदेखि निरन्तर उत्कृष्ट नजिजा ल्याएको दावि समेत गरेका छन्।

विश्वविद्यालयको परीक्षामा ४ मा ४ ग्रेड ल्याउने विद्यार्थीलाई कलेजले सेमेस्टर शुल्कमा ३० हजार रुपैयाँ, ३.९४ अंक ल्याउनेलाई १५ हजार रुपैयाँ र ३.७ अंक ल्याउनेलाई पनि शुल्कमा छुट दिँदै आइरहेको छ। कलेजका अध्यक्ष चन्दले गत वर्ष ८८ लाख रुपैयाँ विद्यार्थीको छात्रवृत्तिमा खर्च गरेको र यस वर्ष एक करोड पाँच लाख रुपैयाँ खर्च हुने बताए। कलेजले शैक्षिक गुणस्तर वृद्धिको लागि विभिन्न अतिरिक्त क्रियाकलापको साथमा आवासीय कार्यशाला, उद्यमशिलता प्रवद्र्धन, शैक्षिक भ्रमण, देशभित्र र बाहिरका बित्तीय कम्पनीहरुमा इन्टरर्नशिप जस्ता विद्यार्थी केन्द्रित क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: २२ असार २०८० १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App