७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा

फाइल तस्वीर

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा हिंड्नुपर्ने बाध्यता छ। भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ।

आँबुखैरेनी गाउँपालिका-५ लाम्दिकी मुना गुरुङ विद्यालय जान बिहान ७.३० बजे नै घरबाट निस्किन्छन्। गुरुङलाई विद्यालय पुग्न साढे दुई घण्टा समय लाग्छ। सबेरै नहिंडे विद्यालय पुग्न असम्भव छ। कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक पाँच घण्टा विद्यालय आउजाउ गर्न खर्चिन्छन्।

बिहान साढे दुई घण्टा र विद्यालयबाट घर फर्किन साढे दुई घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ। ‘बिहानै हिंडेर विद्यालय जाने र फर्किने गर्दा पाँच घण्टाको यात्रा गर्नुपर्ने हुन्छ, बेलुका घर फर्किंदा त रातै पर्छ,’गुरुङले भने। दैनिक यसरी हिंड्दा खुट्टा दुख्नुका साथै अध्ययनमा पनि समस्या हुँदै आएको उनको भनाइ थियो।

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा हिंड्नुपर्ने बाध्यता छ। भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ।

सोही कक्षामा अध्ययनरत लाम्दिको तल्लो भेगका विजय गुरुङ पनि दैनिक विद्यालय आउजाउ गर्न पाँच घण्टा हिंड्न्छन्। बिहानै साथीभाइसँग पैदलयात्रा गरेपछि करिब साढे दुई घण्टापछि उनी विद्यालय पुग्छन्। उनले भने, ‘हाम्रो घरबाट विद्यालय पुग्न साँढे दुई घण्टा लाग्छ। साथीहरूसँग हिंडेरै विद्यालय जाने आउने गरेका छौं।’

कक्षा ८ मा अध्ययनरत सोही ठाउँकै गुनबहादुर गुरुङको दैनिकी पनि यस्तै छ।

उनले भने, ‘घर नजिक विद्यालय छैन। यसरी हिंडनुको विकल्प छैन।’

विद्यालयबाट सबैभन्दा टाढाको दूरीमा रहेको ठाउँ हो लाम्दि। यहाँका विद्यार्थी दैनिक यसरी नै हिंडेर विद्यालय जानुपर्ने बाध्यता छ। यसबाहेक भोटेश्वाराका विद्यार्थीले पनि दैनिक विद्यालय जान मात्रै डेढ घण्टा हिंड्नुपर्ने बाध्यता छ।

विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भौगोलिक दूरीका कारण विद्यार्थीलाई आउजाउमा समस्या हुँदै आएको बताए। ‘गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको  सुविधाका लागि दुई जीपको व्यवस्था गरेसँगै अब विद्यार्थीलाई आउजाउँमा सास्ती हुदैन’, उनले भने।

प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा एक सय २४ विद्यार्थीमध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो। उनले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिंड्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

विद्यालयलाई बस खरिद गरर दिने योजना बनाएको गाउँपालिकाले तत्कालका लागि मंगलबारदेखि दुई जीप सञ्चालनमा ल्याएको जनाएको छ। योसँगै भौगोलिक दूरी टाढा भएका विद्यार्थीले अब पैदल हिंड्नुपर्ने बाध्यता अन्त्य भएको छ।

प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा एक सय २४ विद्यार्थीमध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो। उनले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिंड्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

जीप सञ्चालनमा आएपछि कक्षा १० मा अध्ययनरत मुना गुरुङले जीप चढेर विद्यालय पुग्न २०/२५ मिनेट लाग्ने बताइन्। उनले भनिन्,‘अब एकदम सजिलो हुने भयो। हिंड्दा खर्च हुने समयमा अब पढाइमा लगाउन सकिन्छ।’

विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए। उनले भने,‘पन्ध्र वर्षअघि म पनि यही विद्यालयमा पढ्दा दैनिक घण्टौं हिंडेर आउँथे। गाउँपालिकाले जीप उपलब्ध गराएपछि कष्टकर यात्रा अब अन्त्य भएको छ।’

प्रधानाध्यापक गुरुङका अनुसार दुई जीपले दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ। वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जीप सञ्चालन गरिएको छ। वडा नं ५ मा चल्ने जीपले बाटामा पर्ने ६ नं वडाका विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको उनले बताए। उनका अनुसार दुवै वडाका करिब ८० विद्यार्थीले यो सुविधा पाएका छन्।

विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए। उनले भने,‘पन्ध्र वर्षअघि म पनि यही विद्यालयमा पढ्दा दैनिक घण्टौं हिंडेर आउँथे। गाउँपालिकाले जीप उपलब्ध गराएपछि कष्टकर यात्रा अब अन्त्य भएको छ।

‘वडा नं ५ र ६ को सिमानामा पर्ने खारेडाँडामा रहेको जोखिमपूर्ण भिरको बाटो हिंड्नुपर्ने बाध्यता अन्त्य भएको छ’, प्रधानाध्यापक गुरुङले भने,‘उक्त ठाउँमा दुई वर्ष अगाडि ग्याबिन जाली भरेर सुरक्षित बनाइएको छ। वर्षाको समयमा बाटो बिग्रिने, पहिरो जाने लगायत समस्याका कारण विद्यार्थीले दुःख पाएका थिए।’

विद्यालय सुधार अभियान अन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। उनका अनुसार बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइञ्जेल कन्यादेवीलाई जीप उपलब्ध गराइएको हो।

विद्यालय सुधार अभियान अन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

अध्यक्ष चुमानले भने, ‘कतिपय विद्यार्थीलाई विद्यालयसम्म पुग्न घण्टौं हिंड्नुपर्ने बाध्यता थियो। त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौं। यसले गर्दा विद्यालय आउजाउका लागि हिंड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन्।’

उनका अनुसार आँबुखैरेनी गाउँपालिकाको छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन्। ‘गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत अगाडि बढाएको छ’, उनले भने।

प्रकाशित: ७ असार २०८० ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App