१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

गुणस्तरीय प्रश्नपत्र निर्माणमा जोड

शिक्षाविद्हरुले विद्यालय तहको परीक्षामा गुणस्तरीय प्रश्नपत्र निमार्णमा जोड दिएका छन्।भक्तपुरको सूर्यविनायक नगरपालिका, काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुर र खवर एजुकेशन मिडियाको संयुक्त आयोजनामा विद्यालयस्तरको प्रश्नपत्र निर्माण र मूल्यांक विषयमा आज भक्तपुरमा भएको कार्यशालाका सहभागी शिक्षाविद्ले गुणस्तरीय प्रश्नपत्र निर्माणका लागि प्रशिक्षण आवश्यक भएको बताए।

राष्टिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यालय व्यवस्थापनका विविध पक्षहरु विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यार्थीको सही मूल्यांकन गुणस्तरीय प्रश्नपत्र निर्माणले मात्रै हुने बताए।प्रश्नपत्र नै गुणस्तरीय नभए मूल्यांकन पद्धती कुनै हालतमा गुणस्तरीय हुन नसक्ने धारणा उनले पोखे ।

शिक्षाविद् प्राडा रमेशप्रसाद अवस्थीले स्तरीकृत परीक्षा र प्रश्ननिर्माण विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रश्नहरु विद्यार्थीको सर्वागिंन जानकारी लिने खालको हुनुपर्ने बताए।प्रश्नपत्र निर्माण गर्दा शिक्षकले एकछिन, एकदिन नभई लामो समय लगाएर मात्रै प्रश्न बनाउनुपर्ने आवश्यकता उनले औल्याए।हामी त यहाँं एकैछिनमा प्रश्नपत्र बनाउँंछौ, उनले भने, कतिले तर पुस्तकका प्रश्नहरु कपी गरेर प्रश्नपत्र बनाउँंछन्।

काठमाडौ वल्र्ड स्कुलका प्राचार्य केशरबहादुर खुलालले शिक्षण सिकाई विधिबारे कार्यपत्र प्रस्तुत गर्दै शिक्षण सिकाई गर्दा वडो चलाखीपूर्ण रुपमा गर्नुपर्ने आवश्यकता औंल्याए।उनले विद्यार्थीलाई कुनै पनि शिक्षण सिकाई गर्दा जीवन उपयोगी हिसावले सिकाउनुपर्ने आवश्यकता औंल्याए।

गोष्ठीको उदघाटन गर्दै सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरीता भटराईले नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बिभिन्न कार्यहरु हुँदै आएको जानकारी दिइन्।पहिलो पटक हामीले सरकारी स्कुलको अध्यक्ष जनप्रतिनिधि नै बनाउनुपर्ने नियम बनायौं, उनले भनिन्, दोश्रो पटक सरकारी स्कुलका प्रधानाध्यापकहरु खुल्ला परीक्षाबाट नियुक्त गर्ने गरी देशमै पहिलो पटक नमूना काम थाल्यौै।

कार्यक्रममा काठमाडौं वल्र्ड स्कुल रहेको सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटा, काठमाडौं वल्र्ड स्कुलका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झा, सूर्यविनायक नगरपालिका शिक्षा शाखाका प्रमुख श्रीधर केसीलगायतले शिक्षाको विकास पहिलो आवश्यकता भएको बताए।कार्यक्रममा सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी स्कुलका एक सय जना भन्दा वढी प्रिन्सिपल शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित: १९ जेष्ठ २०८० १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App