१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा बालबालिका नपढाए जनप्रतिनिधि र कर्मचारीलाई कारवाही गरिने

सिन्धुलीको घ्यालेख गाँउपालिकाले सार्वजानिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा नपढाए कारवाही गर्ने भएको छ।

घ्यालेख गाँउपालिकाले कार्यालयमा कार्यरत कर्मचारी, जनप्रतिनिधि,गाँउपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक,लगायत सार्वजानिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम बनाएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले जानकारी दिए।

यहि जेठ १० गते बसेको गाँउ कार्यपालिकाको बैठकबाट यस्तो निर्णय भएको प्रशासकिय अधिकृत कार्कीले बताए। गाँउपालिकाले सुचनानै टाँस गरेर कक्षा १० सम्म अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो।  

सरकारी ओहोदामा भएका सार्वजानिक पद धारण गरेका अन्य व्यक्तिको समेत नीजि विद्यालयमा मोह बढ्दै गएको बेला घ्यालेख गाँउपालिकाले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम बनाएको हो। पालिका भरका सामुदायिक विद्यालयहरुको पढाईको गुणस्तर सुधार गर्न र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने नियम बनाएको पालिकाले जनाएको छ।  

प्रकाशित: १८ जेष्ठ २०८० ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App