अत्याधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिन छुट्टी गरिएको छ।केही दिन देखि बढेको गर्मीका कारण विराटनगरका विद्यालय दुई दिन छुट्टी गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।
बर्खे विदाबाट कट्टी हुने गरी जेठ १८ र १९ गते विराटनगरमा सञ्चालित सार्वजनिक तथा संस्थागत विद्यालयहरू विदा गरिएको विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । ‘केही दिन देखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने संभावनालाई मध्यनजर गर्दै नगर शिक्षा समितिको जेठ १७ गतेको निर्णय अनुसार विद्यालयहरू विदा दिइएको छ ’ सूचनामा भनिएको छ।विराटनगरमा हिजो ३८ डिग्री सम्म तापक्रम रहेकोमा आज ४१ डिग्री सम्म तापक्रम पुगेको थियो ।

प्रकाशित: १७ जेष्ठ २०८० १९:५२ बुधबार