coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिवि र आइडिया स्टुडियोबिच समझदारीपत्रमा हस्ताक्षर

त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपाल बिच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ। नेपालको उद्यमशील प्रणालीमा सहकार्य गरी अनसुन्धान गर्ने उद्देश्यले समझदारीलाई अघि बढाइने जनाइएको छ।

विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समदुायसँग सक्रिय रूपमा सहभागी भई काम गर्ने जनाइएको छ।

त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपाल बिच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

दुवै संस्थाले आकांक्षी उद्यमीलाई वित्तीय र बैकिङ साक्षरता कार्यक्रम, बीज लगानी सहजीकरण, सहुलियत र वित्त लगानीका अवसर जुटाउने सहयोग गर्नेछ। विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भने, ‘आइडिया स्टुडियो नेपालसँगको सहकार्यलाई विद्यार्थी र संकाय सदस्यमा उद्यमशीलता एवं नवप्रवर्तनको प्रवर्द्धनमा महत्त्वपूर्ण कदम चालेको छ, हाम्रो संयुक्त प्रयासमार्फत हामी एक गतिशील उद्यमशील प्रणाली सिर्जना गर्ने लक्ष्य राख्छौं,जसले रचनात्मकतालाई पोषण दिन्छ, सहयोगलाई बढावा दिन्छ र दिगो विकासका लागि मार्गप्रदर्शन गर्दछ।’

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले साझेदारीले आशाको सञ्चार गरेको बताए। ‘समझादारीले नयाँ आविष्कार र दिगो व्यावसायिक अभ्यास गर्नेतर्फ रोमाञ्चक यात्राको सुरुआत गरेको छ, हाम्रो विशेषज्ञताको सदपुयोग र संकायसँग सहकार्य गरेर यसको व्यवस्थापन हुनेछ।’

समझदारीले आगामी पुस्ताका उद्यमीलाई सकारात्मक सामाजिक र आर्थिक परिवर्तन गर्न प्रेरित एवं सशक्तीकरण गर्न सहयोग मिल्ने जनाइएको छ।

प्रकाशित: १२ जेष्ठ २०८० ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App