१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अखिल क्रान्तिकारीद्वारा त्रिवि प्रशासनलाई ध्यानाकर्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयभित्रका सम्पूर्ण समस्या समाधान गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

त्रिवि क्याम्पस विशेष समिति इन्चार्ज तथा केन्द्रीय सदस्य गोविन्द विष्टको नेतृत्वमा सो संगठनले बुधबार परीक्षा नियन्त्रकको कार्यकक्षमै पुगी ध्यानाकर्षण पत्र बुझाएको हो।

सो संगठनले स्नातक तह प्रथम वर्षको विज्ञान संकायअन्तर्गत ‘एनलाइटिक ज्योमेट्री एन्ड भेक्टर एनलाइसिस’ विषयको पुनः जाँच गराउने निर्णय सच्याउन पनि माग गरेको छ। साथै तत्काल कार्यतालिका सार्वजनिक गरी कार्यान्वयन गर्न, आगामी दिनका सबै प्रश्नपत्र नेपाली भाषामा समेत तयार पार्न, ट्रान्सकिप्ट, प्रोभिजन ललगायत प्रमाणपत्र सम्बन्धित आंगिक क्याम्पसबाटै दिने व्यवस्था मिलाउन माग गर्दै परीक्षा नियन्त्रकलाई मागपत्र बुझाइएको इन्चार्ज विष्टले बताए।

दिइएको समयभित्र सबै माग पूरा नगरे वा गल्ती नसुधारे संघर्षका कार्यक्रम गर्ने चेतावनीसमेत दिइएको उनले जानकारी दिए।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयभित्रका सम्पूर्ण समस्या समाधान गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

‘शैक्षिक तथा प्रशासनिक व्यवस्थापन निरन्तर भ्रष्ट र पतित हुँदै गइरहेको दुःखद अवस्थाको साक्षी आम जनताले बनिदिनु परेको छ। परीक्षा दिएको एक वर्षभन्दा बढी समयसम्म नतिजा सार्वजनिक नगर्ने, नतिजा सार्वजनिक भएको एक महिना बितिसक्दा पनि कम्प्युटरमा अवलोड नगरी विद्यार्थीलाई फिर्ता गर्ने गैरजिम्मेवारीपनका साथै नाम, थर, जन्ममिति, सिम्बोल नम्बर बिगारेर नतिजा प्रकाशन गर्ने तर त्यसबापतको आर्थिक तथा भौतिक सजाय विद्यार्थीलाई भोग्न बाध्य पार्नेलगायत हर्कत बारम्बार दोहोरिँदै आएका छन्,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यति मात्रै होइन परीक्षा नियन्त्रण कार्यालयबाट एक हप्तामा ट्रान्सकिप्ट दिने गरिएकामा हालैको नतिजा प्रकाशनपछि २० दिन पुर्‍याइएको अवस्था छ।’

साथै शैक्षिक क्यालेन्डरको पूर्णपालना गर्न, बिग्रेका प्रमाणपत्र सच्याउन छिटोछरितो गर्नुका साथै निःशुल्क व्यवस्था गर्न, स्नातक तहदेखि क्रमशः लागु हुने गरी नेपाली भाषा माध्यमबाट अध्ययन अध्यापन हुने मुख्य विषयका प्रश्नपत्रमा प्रमुख भाषा नेपाली र सहायक भाषासमेत हुने गरी व्यवस्था गर्न, तीन महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने व्यवस्था गर्न, परीक्षा प्रणालीलाई व्यवस्थित, वैज्ञानिक, मर्यादित, स्वस्थ र सन्तुलित बनाउन, प्रशासनिक सेवा छिटोछरितो, सरल, प्रविधिमैत्री वा डिजिटल बनाउनलगायत माग गरेको छ।  

प्रकाशित: २८ वैशाख २०८० ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App