१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

इटहरी उपमहानगरले दुई बालबालिकालाई पढाइदिने

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल भूमिका धिमालको पीडा सुन्दै। तस्बिर ः नागरिक

इटहरी उपमहानगरपालिका-३ स्थित सुकुम्बासी बस्तीमा बस्ने पन्ध्रबर्से भूमिका धिमाल एसईई परीक्षा नतिजाको पखाईमा थिइन्। आर्थिक अवस्था दयनीय भएकी भूमिकाले एसईईपछि राम्रो शिक्षालय रोजेर पढ्न सुनौलो सपना साँचेकी थिइन्। उनले साँचेको सपना घरकै खर्चले पूरा हुने अवस्था थिएन, तर मंगलबार उनको जीवनले ‘यु टर्न’ लिने गरी एउटा अवसर जुर्‍यो।

उपमहानगरपालिकाको कामले इटहरीका मेयर हेमकर्ण पौडेल सुकुम्बासी बस्ती पुगेका थिए। मेयर पौडेल सर्वसाधारण नागरिकलाई भेट्नासाथ समस्याबारे जान्न-बुझ्न खोजिहाल्छन्। बस्तीका बासिन्दाले बग्रेल्ती समस्या सुनाए। त्यही क्रममा उनीहरूले स्थानीय भूमिका र उनका भाइ कक्षा ३ मा पढ्ने बादललाई पढाइको व्यवस्था मिलाइदिन पनि आग्रह गरे।

सो आग्रहलाई मेयर पौडेलले सहजै स्वीकार गरी भूमिका र बादललाई आफूले रोजेको विषय पढ्ने खर्च उपमहानगरपालिकाले व्यवस्था गर्ने वचन दिए। ‘यस क्षेत्रका हरेक नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको हो’, पौडेलले भने, ‘त्यसमा स्थानीय सरकार गम्भीर छ।’

भूमिका र बादलको जीवन कहालीलाग्दो छ। भूमिकाका अनुसार बाबुको प्रेसरका कारण मृत्यु भइसकेको छ। आमा कमला साउदी अरब गएकी छन्। दिदी-भाइ मिलेर घरमा बस्छन्। स्थानीय गाउँलेले भूमिका र बादलको रेखदेख गर्छन्। आमा कमलाले वार्षिक एक लाख हाराहारी भूमिका र बादलका लागि पठाएको पैसाले सबै खर्च धान्दै आएका छन्। उपमहानगरपालिकाले अबदेखि पढाउने भनेपछि खुसी भएका भूमिकाले भनिन्, ‘पढाइ छाड्नुपर्ने अवस्था आइसकेको थियो। जे होस्, अब मेरो इच्छा पूरा हुने भो!’

प्रकाशित: २७ वैशाख २०८० ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App