७ चैत्र २०८२ शनिबार
image/svg+xml
शिक्षा

स्ववियुको विषयलाई लिएर आरआर क्याम्पसमा खुकुरी हानाहान, एक पक्राउ

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ।

उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो। विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन्। फर्जी विद्यार्थी खडा गरिएको भन्दै विवाद आरआरमा बढेको थियो।

विवाद बढेपछि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन्।

प्रहरीका अनुसार खुकुरीसहित नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द पक्राउ परेका हुन्।

प्रकाशित: २७ फाल्गुन २०७९ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App