४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जुम्लाका विद्यालयमा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र लागू हुने

हिमाली जिल्लामा पनि अब वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने गरी ०७९ माघ ६ गते मन्त्रिस्तरीय निर्णय गरेको थियो। 

सो निर्णयअनुसार माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए। परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका ८ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको हो। यो निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमति जनाएको उनले बताए।  

यो भन्दा पहिला हिमाली जिल्लाहरूमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो। जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए। तर, अब यी जिल्लामा पनि २०८० देखि वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुनेछ। जुम्लाका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ। यसले गर्दा पनि संघीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय मान्नुपर्ने देखिएको शिक्षा समन्वय इकाइ जुम्लाले जनाएको छ। जिल्लाको हिमा गाउँपालिकाले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिने निर्णय गरे पनि त्यो कार्यान्वयन नहुने भएको छ। हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्तराज रावलले जुम्लाका अन्य गाउँपालिकाले वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएकाले आफूहरूले पनि त्यही गर्नुको विकल्प नभएको बताए।एकरूपताका लागि वैशाखमै शैक्षिक सत्र सुरु गर्नुपर्ने हुन्छ। तर एकपटक कार्यपालिकाको बैठकमा विद्यालयका प्रधानाध्यापक सहितको छलफल गर्ने तयारी गरेका छौँ।उनले भने। जिल्लामा माघ २५ गतेदेखि नै विद्यालय सञ्चालनमा आइसकेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७९ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App