४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

सिद्धार्थ विद्यामन्दिर बोर्डिङमा खाना पकाउने प्रतियोगिता

व्यवहारिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तौलिहवा स्थित सिद्धार्थ विद्यामन्दिर बोर्डिङ स्कुलमा खान पकाउने प्रतियोगिता गरिएको छ। 

बोडिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरु बिच खानाको परिकार बनाउने प्रतियोगिता गरिएको हो।

१२ समूह बनाई खाना पकाउने प्रतियोगिता गरिएको थियो। बोडिङ स्कुलका प्राचार्य गुनाखर गैरले विद्यालयमा स्थापनाकाल देखि अहिले सम्म पहिलो पटक यस्तो प्रतियोगिता गरिएको बताए।

उनले बिद्याथीहरुलाई सिप, सामूहिकता र व्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए। उनले घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भूमिका खेल्ने बताए। शुक्रवारको अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना कार्यक्रम गरिएको हो। १२ समूहले पुलाउ, पनिरको तरकारी , पुडी , दही, मासु सलाद, छोले भुटुरे, सेवई भात, लालमन लगायतका परिकारहरू पकाएर प्रदर्शन गरेका थिए।

उनीहरूले प्रतियोगीताकालागि आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरू आफै व्यवस्थापन गरेका थिए। समूह मिलेर विभिन्न परिकारहरू पकाएर अतिथि, विद्यालयका शिक्षकहरूलाई परिकारका स्वाद समेत चखाएका थिए। पाहुनाहरूले खाए पछि आफूले समेत खाएका थिए। कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो। आफ्नो जीवनकालमा यस्तो कार्यक्रममा पहिलो पटक सरिक  हुन पाउँदा विद्यार्थीहरू निकै खुसी देखिन्थे।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य साधिका सिद्धिकी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, वरिष्ठ समाजसेवी टिकाराम अर्याल, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघका पूर्व जिल्ला  अध्यक्ष भेषराज पाण्डेय लगायतको टोलीले बिद्यार्थीहरुले बनाएका खानाका परिकारहरू अवलोकन गरी खान समेत खाएका थिए। एमाले जिल्ला अध्यक्ष शर्माले विद्यार्थीहरुको यो प्रयास अति राम्रो रहेको बताए।

विद्यालयका निमित्त प्राचार्य विकास अर्यालले विजयी हुने टोलीलाई विद्यालयले पुरस्कृत समेत गरिने बताए। विद्यालयमा आगामी दिनहरूमा यस्ता व्यवहारिक र सीपमूलक कार्यक्रम समेत सञ्चालन गरिने उनले बताए। 

प्रकाशित: १३ फाल्गुन २०७९ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App