६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित पुस्तक प्रदर्शनी

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित बिहीबार देखी भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ।

भक्तपुरको महेश्वरी बैंक्वेटमा स्टुडेन्टस् बुक फेयरको आयोजना प्रदर्शनी सुरु भएको हो। बुक क्लब भक्तपुरको आयोजनामा प्रदर्शनी सुरु भएको हो।

पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहेको जनाइएको छ। मुख्यतः विद्यालय र कलेजस्तरका बालबालिका र किशोरकिशोरीबीच पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको जनाइएको छ।

बुक फेयरमा स्कुल उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ। मेलाको उद्घाटन पाँच जना पञ्चकन्याहरूले संयुक्त रुपमा गरेका थिए।

प्रदर्शनीको पहिलो दिन रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले नयाँ पुस्ताबिच पठन संस्कृतिको प्रवर्द्धनबारे प्रवचन दिएका थिए।

माघ ७ गते पोषणविज्ञ डा.अरुणा उप्रेतीले किशोर किशोरीको स्वास्थ्य र पोषणबारे व्याख्यान दिने बताइएको छ। सो क्रममा किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, कथा र कविता वाचन तथा साङ्गीतिक कार्यक्रम हुने जनाइएको छ।

त्यस्तै प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार समेत पाइनेछ। मेलामा चलचित्र प्रदर्शनी, मृतिका कला, कला कार्यशाला, लिपि कार्यशाला, कार्टुन कार्यशाला आदि कार्यक्रम पनि भएको आयोजकले जनाएको छ। मेलामा प्रवेश निःशुल्क छ।

प्रकाशित: ५ माघ २०७९ १५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App