coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

लिङदेनलाई राप्रपाको लगाम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही मंसिर१५–१७ मासम्पन्न महाधिवेशनबाट अध्यक्ष युवा नेता राजेन्द लिङ्देन विजयी भएका छन्। उनी संघीय संसद्को निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरी प्रतिनिधिसभा सदस्यको भूमिकामा पनि छन्।

संघीय संसद्मा राप्रपाको तर्फबाट एकमात्र निर्वाचित लिङ्देनले यसपटक पार्टी अध्यक्ष प्रतिस्पर्धाबाटै जित्न सफल भई इतिहास रचेका छन्।

मुलुकका प्रमुख दलमा युवा नेताहरूले ज्येष्ठ नेताहरूलाई प्रतिस्पर्धाबाटै पराजित गरी नेतृत्व लिन नसकेका बेलामा उनले अरू सबैका निम्ति प्रेरणा हुन सक्ने गरी विजय हात पारेका हुन्। आफ्नो दलका पूर्ववर्ती अध्यक्ष कमल थापालाई चुनौती दिइ महाधिवेशनको मैदानमा उत्रनु आफैँमा उपलब्धि सावित भइसकेको हो।

लिङ्देनले १ हजार८ सय ४४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्वअध्यक्ष थापालाई १ हजार६ सय १७ मत प्राप्त भएको छ। ४ सय ३१ मत बदरभएका छन्। अध्यक्षमा विजयी हुँदा लिङ्देनले २ सय २७ मत बढी पाएका छन्।

 मत अन्तरठूलो नभए पनि यो विजय अर्थपूर्ण छ। राप्रपाजस्तो पूर्वपञ्चहरूको दलको नेतृत्व राजधानी काठमाडौँको कुलिन नेतृत्वको हातबाट पहिलोपटक दुर्गम पहाडी जिल्ला पाँचथरको अमरपुरमा जन्मेरझापालाई कर्मथलो बनाएका युवाको हातमा गएको छ।

राप्रपामा अहिलेसम्म नेतृत्वका हिसाबले पराजित अध्यक्ष थापा, पशुपतिशमशेरराणा,प्रकाशचन्द्र लोहनीलगायतका नेताकै वरिपरि घुमिरहेको हो। संयोगले यसपटक लोहनीले भने लिङ्देनलाई समर्थन गरेका हुन्। राणाले महाधिवेशनका बेलासम्म ‘काँचो नेतृत्व’ को पक्षमा नरहेको बताइरहेका हुन्।

स्वाभाविकरूपमा अहिलेसम्म प्रमुख दलमा वृद्ध नेताहरूकै वर्चस्व छ। उनीहरूका निम्ति युवा भनेकै ‘काँचा’ हुन्। त्यसैकारण नेतृत्व हस्तान्तरण गरी आफू दलको सल्लाहकारको भूमिकामा जान कोही पनि तयारछैनन्। काम गर्न सक्ने युवाले दल रसरकारको नेतृत्व लिने हो भने अहिले देखिएको गतिहीनतामा कमी आउन सक्ने आमअपेक्षा भइरहेको छ। यस्तो बेलामा राप्रपासँग पुरानो दलमा नयाँ नेतृत्व आउनु आफैँमा सकारात्मक सन्देश हो। निश्चय नै, कमल थापाको व्यक्तित्व सबैसँग मिल्ने रकाम गर्न सक्ने किसिमको छ। तैपनि उनले आफू प्रतिस्पर्धामा सरिक भइ महाधिवेशन सफलपूर्वक सम्पन्न गर्न सफल भएका छन्।

निर्वाचन परिणामपछि थापाले दिएको प्रतिक्रियाले भने उनलाई विवादमा तानेको छ। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु’ थापाले सामाजिक सञ्जाल मार्फत् गरेको टिप्पणीसँगै केही पक्ष उजागरगरेको छ। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बधाईसमेत दिँदै भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजतन्त्र बोकेरहिँडेको पुरस्कारआज पाइयो।’ थापाको यो अभिव्यक्ति रआरोपका आधारमा राप्रपा निर्वाचनमा निर्मल निवास सक्रिय भएको देखिन्छ।

यो निर्वाचनमा निर्मल निवास कति सक्रिय थियो, त्यो समयक्रममा देखिएला। राप्रपा नेतृत्वले राजतन्त्रको अजेन्डालाई स्थापित गर्न नसकेका कारण लिङ्देनलाई जिताउनु आवश्यक ठानिएको हो भने आगामी दिनमा केही भिन्न राजनीतिक परिदृश्य देखिने नै छन्। थापा पराजित हुनुमा नेकपा (एमाले) को चितवनमा सम्पन्न महाधिवेशनमा दिएको भाषणलाई पनि पार्टी पंक्तिमा सन्दर्भका रूपमा लिएको देखिएको छ।

उनले त्यहाँ विशेषगरी एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको प्रशंसामा आफ्नो मन्तव्यको अधिकांश हिस्सा खर्च गरेका थिए। ‘केपी ओलीजस्तो एउटा दृढ अडान रराष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट मुक्त तुल्याउनका निमित्त ऐतिहासिक योगदान पुर्‍याउन सक्नेछ,’ उनले मंसिर१० मा भएको उद्घाटन समारोहमा भनेका थिए। उनले थपेका थिए, ‘ओलीको सुझबुझ रमार्गदर्शनमा रहेरहामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिइकन भारतीय नाकाबन्दीलाई अन्त गर्न सफल भयौँ।’

राप्रपा महाधिवेशनमा यसका प्रतिनिधिहरूले परिपक्वता देखाएका छन्। मुलुकको लोकतन्त्रमा विश्वास गर्ने भनिएका दलमा समेत यो परिपक्वता देखिएका छैन। लिङ्देन रथापा दुवैले आआफ्नो ‘प्यानल’ बनाएरचुनाव लडेका भए पनि दुवैतर्फका पार्टीलाई आवश्यक पर्ने नेताहरू निर्वाचित भएका छन्।

प्रतिनिधिहरूले प्यानललाई भन्दा पनि दलको आवश्यकतालाई ध्यानमा राखेरनिर्वाचित गरेको यसबाट देखिएको छ। यसो हुँदा यो दलले आगामी दिनमा काम गर्न सक्नेछ। लिङ्देन ५६ वर्षको उमेरमा बल्ल अध्यक्ष निर्वाचित भएका छन्।

वास्तवमा पार्टी नेतृत्वमा ५० वर्ष नपुग्दै नेताहरू पुग्न सक्नुपर्छ। यसो भएमा उनीहरू सरकारमा पुगेरकाम गर्न पनि सक्षम हुन्छन्। आफ्नै उमेरसमूहको कर्मचारी नेतृत्व रनेताहरूबीच तालमेल पनि हुन सक्छ।

लिङ्देनको यो सफलताको आगामी दिनमा नेपाली राजनीतिमा सकारात्मक प्रभाव पर्नेछ। दलको निर्वाचनमा नेताहरूलाई चुनौती दिइ विस्थापित गर्न सकेमात्र अहिलेको लोकतन्त्रलाई सक्रियतापूर्वक अगाडि बढाउन सकिन्छ। नेताहरूले आफूलाई टिको लगाएरदिन्छन् भन्ने आशामा बस्ने दलका युवाहरूका निम्ति त्यो अवसरकहिल्यै आउँदैन।

त्यसले दलभित्र चाकडी, चाप्लुसी रचुक्ली लगाउने प्रवृत्तिको मात्र विकास हुन्छ। केही निश्चित गुटमा लागेरसफलता सोपान चढ्दै जाने प्रवृत्ति अहिले आमरूपमा दलमा देखिन्छ। यो प्रवृत्तिको अन्त्यका निम्ति निर्वाचनबाट नेतृत्व हात पार्ने गरी युवाहरूले काम थाल्न सक्नुपर्छ।

लिङ्देनका निम्ति पार्टीका सबै पक्षलाई मिलाएरअगाडि बढ्ने चुनौती भने छ। पटक–पटक विभाजनको पीडा भोग्दै आएको राप्रपा बल्ल अहिलेको रूपमा आइपुगेको हो। दललाई सकेसम्म संविधानका आधारभूत प्रस्थापनालाई स्वीकारगरी त्यसै मार्गमा अगाडि बढाउनु बुद्धिमानी हुन्छ।

यसो भयो भने लोकतन्त्रमा विश्वास गर्ने एउटा उदारदलका रूपमा राप्रपाले आफ्नो स्थान बनाउन सक्छ। पूर्वपञ्चहरूको पहलमा बनेको यो दल भएकाले तत्कालै त्यो दिशामा यो जान सक्ने देखिँदैन। संघीय गणतन्त्र, संघीयता रधर्म निरपेक्षतालाई आत्मसात गरेरै राप्रपा अघि बढ्नु उचित हुन्छ। राप्रपा नेतृत्वमा पुग्नु भनेको राष्ट्रिय राजनीतिमा पनि यसको प्रभाव विस्तारको अवसरपाउनु हो।

कुनै अन्य दलको छायाजस्तो बन्नु पनि आफैँंमा अनुचित हुन्छ। दलको विशेषतालाई जोगाउँदै अघि बढ्दा नै लिङ्देनले थप सफलता हासिल गर्न सक्छन्। निर्वाचित भएपछि उनले विगतमा जस्तो दललाई गतिहीन रनिस्क्रिय बनाउने छुट आफूहरूलाई नभएको टिप्पणी गरेका छन्।

यिनी पनि उस्तै रहेछन् भन्ने प्रतिक्रिया आउन नदिने गरी उनले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुले परिवर्तनप्रतिको उत्कट अभिलाषा देखाएको छ। प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न सफल लिङ्देनलाई शुभकामना।

प्रकाशित: २० मंसिर २०७८ ०१:२६ सोमबार

Download Nagarik App
Download Nagarik App