३१ श्रावण २०७९ मंगलबार
सम्पादकीय

असफल मेलम्ची आयोजना

मुलुकका असफल विकास आयोजनाको उदाहरण दिनुपर्‍यो भने अग्रपंक्तिमा आउने नाम हो–मेलम्ची खानेपानी आयोजना। विकास आयोजनाको अवधारणाले कार्यान्वयनसम्मको एउटा असफल आयोजना हो यो।

राजधानी काठमाडौँको खानेपानी आवश्यकता पूर्ति गर्ने उद्देश्यले सुरु भएको यो आयोजनाले मुलुकलाई जति ठूलो ऋणको भारी बोकाएको छ,त्योअनुसारको उपलब्धि तत्काल देखिने छाँट छैन।

मेलम्ची आयोजनाका नाममा संघीय राजधानी उपत्यकाबासीले जति धुलो खाएका छन्, त्यसको क्षतिपूर्ति यहाँका धारामा तत्काल पानी आउँदा मात्र हुन सक्छ। केही दिनका निम्ति धारामा पानी पनि आएको हो। परीक्षणकै क्रममा दुर्घटना भएपछि आपूर्ति रोकिएको हो। त्यसपछि फेरि सुचारु भएको खानेपानी आपूर्ति प्राकृतिक प्रकोपका कारण अनिश्चित भएको छ।

मेलम्ची आयोजना तत्काल नबन्ने देखिएपछि सरकारले दुई विकल्प अघि सारेको छ– एक,अस्थायी रूपमा हिउँदमा मात्र पानी ल्याउने र दुई, काठमाडौँ उपत्यकामा १० ठाउँमा खनेर पानी तान्ने। मेलम्चीको पुनर्निर्माण तत्काल सुरु हुन नसक्ने संकेत सरकारको योजनाबाट पाइएको छ।

मेलम्ची आयोजना सुरु गर्नुअघि कस्तो स्थानमा बन्न लागेको हो ? यसको प्राकृतिक अवस्था ठीक छ वा छैन आदि विषय निर्धारित गर्नुपर्थ्यो। वातावरणीय प्रभाव मूल्यांकन पनि गर्नुपर्ने व्यवस्था छ तर वातावरणीय प्रभाव मूल्यांकन विधि पुर्‍याउनका निम्ति मात्र हुन्छ। अन्यथा,मेलम्ची अन्तिम अवस्थामा आएर यो हालतमा हुने थिएन।

मुलुकमा प्रजातन्त्र आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजधानीका सडक मेलम्चीको पानी ल्याएर सफा गर्ने घोषणा गरेपछि यसको चर्चा सुरु भएको हो। राजधानीको खानेपानी समस्या समाधान गर्नुपर्छ भनेर उनीभन्दा अगाडि नै पनि यसको प्रसंग उठेको हो।

एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको यो आयोजनालाई लम्ब्याउँदै दुई दशक पुर्‍याइएको हो। आर्थिक वर्ष २०५५/०५६ मा सुरु भएको यो आयोजनाका लागि ३१ अर्ब ३५ करोड रुपियाँ लागत अनुमान गरिएको हो।

अहिलेसम्म यो आयोजनाका लागि ५१ अर्ब रुपियाँ खर्च भइसकेको छ। सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण संरचना निर्माण गर्न २१ अर्ब रुपियाँ खर्च भइसकेको छ। दुई दशक लामो प्रयासपछि बल्ल गत चैतमा राजधानीमा मेलम्चीको पानी वितरण सुरु भएको हो।

यतिका धेरै लागत र समय खर्च भएर पनि पानी सुचारु हुन सकेको भए आशा गर्न सकिने ठाउँ हुन्थ्यो। पछि मेलम्चीको मुहानमा माथिबाट आएको लेदोले पुरिएपछि यसको भविष्य अनिश्चित भएको हो। एकातिर,यो आयोजनालाई चाहिनेभन्दा बढी समय लगाएर निरन्तर दोहन गर्न एकपछि अर्को सरकारका पालामा सक्रिय भएका धेरै व्यक्ति छन्।

यी आयोजनाका गाडी र अन्य स्रोत दुरूपयोगको कथा बेग्लै छ। आयोजनाबाट लाभ लिन तत्कालीन मन्त्रीहरूले गरेका हर्कत पनि एकपछि अर्को गरी आमजनमानसमा जानकारीमै छन्। गत असार १ र साउन १५ मा मेलम्ची क्षेत्रमा आएको बाढी/पहिरोले यस आयोजनाका अनियमितताका कथालाई पनि ढाकछोप गरेको छ।

आयोजना कार्यान्वयनमा देखिएका समस्या र यसका अनियमितता सबैलाई बाढीपहिरोपछि लुकाउन सहज भएको छ असफल मेलम्ची आयोजना मुलुकका असफल विकास आयोजनाको उदाहरण दिनुपर्‍यो भने अग्रपंक्तिमा आउने नाम हो–मेलम्ची खानेपानी आयोजना।

विकास आयोजनाको अवधारणाले कार्यान्वयनसम्मको एउटा असफल आयोजना हो यो। राजधानी काठमाडौँको खानेपानी आवश्यकता पूर्ति गर्ने उद्देश्यले सुरु भएको यो आयोजनाले मुलुकलाई जति ठूलो ऋणको भारी बोकाएको छ, त्योअनुसारको उपलब्धि तत्काल देखिने छाँट छैन।

मेलम्ची आयोजनाका नाममा संघीय राजधानी उपत्यकाबासीले जति धुलो खाएका छन्, त्यसको क्षतिपूर्ति यहाँका धारामा तत्काल पानी आउँदामात्र हुन सक्छ। केही दिनका निम्ति धारामा पानी पनि आएको हो। परीक्षणकै क्रममा दुर्घटना भएपछि आपूर्ति रोकिएको हो। त्यसपछि फेरि सुचारु भएको खानेपानी आपूर्ति प्राकृतिक प्रकोपका कारण अनिश्चित भएको छ।

मेलम्ची आयोजना तत्काल नबन्ने देखिएपछि सरकारले दुई विकल्पअघि सारेको छ–एक,अस्थायी रूपमा हिउँदमा मात्र पानी ल्याउने र दुई,काठमाडौँ उपत्यकामा १० ठाउँमा खनेर पानी तान्ने। मेलम्चीको पुनर्निर्माण तत्काल सुरु हुन नसक्ने संकेत सरकारको योजनाबाट पाइएको छ।

मेलम्ची आयोजना सुरु गर्नुअघि कस्तो स्थानमा बन्न लागेको हो ? यसको प्राकृतिक अवस्था ठीक छ वा छैन आदि विषय निर्धारित गर्नुपर्थ्यो। वातावरणीय प्रभाव मूल्यांकन पनि गर्नुपर्ने व्यवस्था छ तर वातावरणीय प्रभाव मूल्यांकन विधि पुर्‍याउनका निम्ति मात्र हुन्छ। अन्यथा,मेलम्ची अन्तिम अवस्थामा आएर यो हालतमा हुने थिएन।

मुलुकमा प्रजातन्त्र आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजधानीका सडक मेलम्चीको पानी ल्याएर सफा गर्ने घोषणा गरेपछि यसको चर्चा सुरु भएको हो। राजधानीको खानेपानी समस्या समाधान गर्नुपर्छ भनेर उनी भन्दा अगाडि नै पनि यसको प्रसंग उठेको हो।

एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको यो आयोजनालाई लम्ब्याउँदै दुई दशक पुर्‍याइएको हो।आर्थिक वर्ष २०५५/०५६ मा सुरु भएको यो आयोजनाका लागि ३१ अर्ब ३५ करोड रुपियाँ लागत अनुमान गरिएको हो।

अहिलेसम्म यो आयोजनाका लागि ५१ अर्ब रुपियाँ खर्च भइसकेको छ।सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण संरचना निर्माण गर्न २१ अर्ब रुपियाँ खर्च भइसकेको छ। दुई दशक लामो प्रयासपछि बल्ल गत चैतमा राजधानीमा मेलम्चीको पानी वितरण सुरु भएको हो।

यतिका धेरै लागत र समय खर्च भएर पनि पानी सुचारु हुन सकेको भए आशा गर्न सकिने ठाउँ हुन्थ्यो। पछि मेलम्चीको मुहानमा माथिबाट आएको लेदोले पुरिएपछि यसको भविष्य अनिश्चित भएको हो। एकातिर, यो आयोजनालाई चाहिनेभन्दा बढी समय लगाएर निरन्तर दोहन गर्न एकपछि अर्को सरकारका पालामा सक्रिय भएका धेरै व्यक्ति छन्।

यी आयोजनाका गाडी र अन्य स्रोत दुरूपयोगको कथा बेग्लै छ। आयोजनाबाट लाभ लिन तत्कालीन मन्त्रीहरूले गरेका हर्कत पनि एकपछि अर्को गरी आमजनमानसमा जानकारीमै छन्।

गत असार १ र साउन १५ मा मेलम्ची क्षेत्रमा आएको बाढीपहिरोले यस आयोजनाका अनियमितताका कथालाई पनि ढाकछोप गरेको छ। आयोजना कार्यान्वयनमा देखिएका समस्या र यसका अनियमितता सबैलाई बाढीपहिरोपछि लुकाउन सहज भएको छ।

राजधानीको खानेपानी समस्या विकराल हुन्छ भन्ने बुझेर दुई दशकअघि आयोजना सुरु भए पनि अहिले आएर यसको अस्तित्वमै शंका उत्पन्न भएको छ।काठमाडौँ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानी आवश्यक छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले बल्लबल्ल १२ देखि १३ करोड लिटर पानी मात्र आपूर्ति गर्दै आएको छ। पहिलो चरणमा मेलम्चीबाट आउँछ भनिएको १७ करोड लिटर पानीले समेत यहाँको आवश्यकता पूरा गर्ने गरी आपूर्ति गर्न सक्ने थिएन। यति हो,खानेपानीको अहिलेको समस्यामा केही राहत हुन सक्थ्यो। मेलम्ची सपना धेरै टाढा रहेका कारण अब के हुन्छ भन्न सकिन्न।

राजधानी काठमाडौँका परम्परागत पानीका मुहान क्रमशः सुक्दै गएका छन्।यसको जलाधार क्षेत्र शिवपुरी हो। यसैका कारण अहिलेसम्म यहाँको वातावरण केही हदसम्म बस्न योग्य छ तर शिवपुरी क्षेत्रमा पनि बेलाबेलामा नाफामुखी आकांक्षा जागृत हुने र त्यसमा फडानी गरी कहिले केवलकार र कहिले के योजना ल्याउने कोसिस हुन्छ।

उपत्यकालाई पानीका स्रोतबाट परिपूर्ण पारिराख्ने हो भने शिवपुरी क्षेत्रको संरक्षणलाई पनि उत्तिकै ध्यान दिनु जरुरी छ। काठमाडौँ उपत्यकाको भूमिगत पानीको उपयोग निकै धेरै भइरहेको छ। त्यो पानीलाई नवीकरण गर्ने त कता हो कता, निरन्तर निकाल्ने काम भइरहेको छ।

यसले कुनै पनि बेला यहाँ विपत्ति ल्याउन सक्छ। केयुकेएलले फेरि त्यही जमिनमुनिको पानी नै निकालेर आपूर्ति व्यवस्था मिलाउन खोजेको देखिन्छ। अन्य वैकल्पिक आयोजना बनाउनेतिर किन नसोचिएको हो?

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।

यो ठाउँ आयोजनाका निम्ति उपयुक्त हो/होइन भन्ने अध्ययन किन त्यहीबेला सम्पन्न गरिएन? यहाँका कमला पहाडहरूमा कुनै पनि बेला समस्या आउन सक्छ भन्ने बुझिसकेपछि वातावरणीय प्रभाव मूल्यांकन गरी आयोजना त्यहीअनुसार परिवर्तन गर्ने तत्परता हुनु पर्थ्यो।

वास्तवमा यो आयोजनाको असफलताका निम्ति गम्भीर अध्ययन आवश्यक छ। आयोजना यसरी सम्पन्न पनि नगर्नू जसबाट मुलुकबासीलाई कुनै फाइदा नहोस्।राजधानीको खानेपानी समस्या विकराल हुन्छ भन्ने बुझेर दुई दशकअघि आयोजना सुरु भए पनि अहिले आएर यसको अस्तित्वमै शंका उत्पन्न भएको छ।

काठमाडौँ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानी आवश्यक छ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले बल्लबल्ल १२ देखि १३ करोड लिटर पानीमात्र आपूर्ति गर्दै आएको छ।

पहिलो चरणमा मेलम्चीबाट आउँछ भनिएको १७ करोड लिटर पानीले समेत यहाँको आवश्यकता पूरा गर्ने गरी आपूर्ति गर्न सक्ने थिएन। यति हो, खानेपानीको अहिलेको समस्यामा केही राहत हुन सक्थ्यो। मेलम्ची सपना धेरै टाढा रहेका कारण अब के हुन्छ भन्न सकिन्न।

राजधानी काठमाडौँका परम्परागत पानीका मुहान क्रमशः सुक्दै गएका छन्।यसको जलाधार क्षेत्र शिवपुरी हो। यसैका कारण अहिलेसम्म यहाँको वातावरण केही हदसम्म बस्न योग्य छ। तर,शिवपुरी क्षेत्रमा पनि बेलाबेलामा नाफामुखी आकांक्षा जागृत हुने र त्यसमा फडानी गरी कहिले केवलकार र कहिले के योजना ल्याउने कोसिस हुन्छ।

उपत्यकालाई पानीका स्रोतबाट परिपूर्ण पारिराख्ने हो भने शिवपुरी क्षेत्रको संरक्षणलाई पनि उत्तिकै ध्यान दिनु जरुरी छ। काठमाडौँ उपत्यकाको भूमिगत पानीको उपयोग निकै धेरै भइरहेको छ।

त्यो पानीलाई नवीकरण गर्ने त कता हो कता, निरन्तर निकाल्ने काम भइरहेको छ। यसले कुनै पनि बेला यहाँ विपत्ति ल्याउन सक्छ। केयुकेएलले फेरि त्यही जमिनमुनिको पानी नै निकालेर आपूर्ति व्यवस्था मिलाउन खोजेको देखिन्छ।अन्य वैकल्पिक आयोजना बनाउनेतिर किन नसोचिएको हो?

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो।यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ। यो ठाउँ आयोजनाका निम्ति उपयुक्त हो/होइन भन्ने अध्ययन किन त्यहीबेला सम्पन्न गरिएन?

यहाँका कमला पहाडहरूमा कुनै पनि बेला समस्या आउन सक्छ भन्ने बुझिसकेपछि वातावरणीय प्रभाव मूल्यांकन गरी आयोजना त्यहीअनुसार परिवर्तन गर्ने तत्परता हुनुपर्थ्यो।वास्तवमा यो आयोजनाको असफलताका निम्ति गम्भीर अध्ययन आवश्यक छ। आयोजना यसरी सम्पन्न पनि नगर्नू जसबाट मुलुकबासीलाई कुनै फाइदा नहोस्।

प्रकाशित: ३० कार्तिक २०७८ ०७:१३ मंगलबार

Download Nagarik App
Download Nagarik App