१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

मुक्त टुँडिखेलमा मत

सहरको बीचमा खुला ठाउँ चाहिन्छ। खुला ठाउँ हुनु रनहुनुले धेरै फरक पार्छ। १२ वैशाख २०७२ मा भूकम्पपछिको स्थिति सम्झे खुला ठाउँको महत्व आफैँ प्रष्ट हुन्छ। त्यो बेला आफ्नो थातथलो छाडेरआश्रय लिने हजारौँलाई टुँडिखेलले अँगालो दिएको हो। टुँडिखेलसम्म नपुग्ने कैयन्ले सडक किनारामा आश्रय लिएका देखिएको पनि हो। विपत्का बेला मात्र होइन, अरू बेला पनि खुला ठाउँ आवश्यक हुन्छ। एउटा सभ्य सहरका लागि सार्वजनिक ठाउँ धेरै हिसाबले आवश्यक हुन्छ। व्यायम गर्नेदेखि आपसी भेटघाटका निम्तिसमेत यसको महत्व छ।  

त्यसमा पनि टुँडिखेलको आफ्नै सांस्कृतिक, सामाजिक रराजनीतिक महत्व छ। राजधानी काठमाडौँको मुटुमा रहेको टुँडिखेलसँग यहाँका सांस्कृतिक सम्पदा रचाडबाडसमेत जोडिएका छन्। त्यसैगरी यसलाई सर्वसाधारणले घुमफिर, स्वास्थ्यलाभका निम्ति प्रयोग गर्दै आएका छन्। २०६२/०६३ को जनआन्दोलनअगाडिसम्म टुँडिखेलको रौनक राजनीतिक हिसाबले समेत रहेको हो। यहाँ कैयन् नेताले आफ्ना विचारप्रकट गरेका छन्। सर्वसाधारणले यहाँ उभिएरआन्दोलनमा आफूलाई लगाएका छन्। आधुनिक नेपालको यो जीवन्त धरोहरहो।  

२०४६ सालको जनआन्दोलन सफल भएपछि सर्वोच्च नेता गणेशमान सिंहलगायतका नेताले सम्बोधन गरेको थलो पनि टुँडिखेल हो। अझ यो राणाकालीन नेपालका गतिविधिको पनि एउटा थलो हो। राणाजीहरूको शासनको झलक यही टुँडिखेलमार्फत देख्ने पुस्ता अझै पनि बाँचेकै छ। यसकारण पनि टुँडिखेल बचाउनुपर्छ। पार्किङका लागि यसलाई प्रयोग गर्न काठमाडौँ महानगरपालिकाले यहीँ भूमिगत संरचना बनाउने तयारी थालेपछि संरक्षण अभियन्ताहरू जागरुक भएका छन्। सर्वसाधारणको प्रत्यक्ष स्वामित्व रसाझेदारीबेगरअनायासै यस्तो योजना सार्वजनिक भएपछि चिन्ता थपिनु स्वाभाविक हो।  

यसै पनि टुँडिखेल धेरै संस्थाहरूको सक्रियतामा टुक्राटुक्रा भइसकेको छ। टुँडिखेलको खुला क्षेत्र अतिक्रमित हुँदै क्रमशः विभिन्न संरचनाले भरिएको छ। अहिले टुँडिखेलभित्रै दशरथ रंगशाला, नेपाली सेना मुख्यालय, सैनिक मञ्च, नागरिक मञ्च ररत्नपार्कमा विभाजित छ। वास्तवमा टुँडिखेललाई खुला गराउनु भन्दा पनि यसलाई साँघुरो पार्नुमा पछिल्ला वर्षमा राजनीतिक नेतृत्व सक्रिय देखिएको छ। आफूले हिजो यो खुला ठाउँलाई राजनीतिक परिवर्तनका निम्ति प्रयोग गरेको पुस्ताले अब भविष्यका निम्ति आवश्यक नभएको ठानिरहेको छ।  

सन् १९६७ मा ५२ प्रतिशत खुला क्षेत्र टुँडिखेलमा रहेकामा यो भूभाग क्रमशः १९९०, २०००, र२०१७ मा आइपुग्दा ३३, २५ र१४ प्रतिशतमा खुम्चिएको छ। पुरानो बसपार्कमा समेत ठूला संरचना निर्माण गर्ने नाममा टुँडिखेलतर्फ दबाब बढाइएको छ। अहिले त्यो क्षेत्र आफैँमा खचाखच संरचना देखिएका छन्। प्रायः आफू निकट व्यापारीलाई फाइदा पुग्ने गरी यस्ता क्षेत्र भाडामा लगाउने रविभिन्न संरचना बनाउनेतिरध्यान गएको देखिन्छ। बनिसकेका संरचना तत्काल हटाउन सक्ने देखिँदैन। तैपनि बाँकी टुँडिखेलको भूभाग जोगाउन सकिन्छ। त्यसका निम्ति भर्खरै निर्वाचित भइआएको काठमाडौँ महानगरपालिका नेतृत्वले सर्वसाधारणको अपेक्षालाई बुझ्नुपर्ने हो। टुँडिखेल क्षेत्रमा ठूला स्थायी संरचना बनाउँदा त्यसले यहाँको पानीको स्रोतसमेत सुकाउने गरेको छ। विगतमा काठमाडौँ मललगायतका ठूला संरचना बनाएका कारण यहाँ पहिल्यै सम्पदाहरू धरापमा परिसकेका छन्। यहाँको पुरानो इतिहास जोगाउँदै त्यसलाई संरक्षण गर्न सक्नुपर्ने हो।  

संसारभरि महानगरहरूले खुला स्थानको व्यवस्थापन गरेका हुन्छन्। त्यहाँ सर्वसाधारणले घुमफिररक्रिडास्थलका रूपमा उपयोग गर्न पाउँछन्। सिंगापुरजस्तो सानो मुलुकले सार्वजनिक स्थानको संरक्षण गरेको अध्ययन गरे पनि पुग्छ। हामी आफैँ पनि परम्परादेखि उपत्यकामा बहाबही निर्माण गरेरखुला ठाउँको महत्व बुझ्ने नागरिकमा पर्छौँ। काठमाडौँको परम्परा रसंस्कृति जोगाउने हो भने खुला ठाउँको व्यवस्थापन आवश्यक छ। तरहामीकहाँ भूमाफियाको जगजगी छ। यस्ता माफियाले राजनीतिको आशीर्वाद पाएका छन्। राजनीति, भूमाफिया रसरकारको सहयोगमा यस्ता खुला ठाउँ मासिएको हो।  

काठमाडौँमा पार्किङको अभाव छ। त्यसको विकल्प टुँडिखेल मासेरखोज्न सकिँदैन। पहिलो, काठमाडौँलाई सकेसम्म सार्वजनिक यातायातका लागि उम्दा बनाउन सक्नुपर्छ। यसो भयो भने यति सानो क्षेत्रफलका लागि व्यक्तिले सवारीसाधन राख्नै पर्दैन। काठमाडौँ उपत्यकामा अहिले मोटरसाइकल सबै भन्दा ठूलो समस्याका रूपमा देखिँदैछ। प्रत्येक व्यक्तिले मोटरसाइकल नराख्ने अवस्थाका निम्ति सार्वजनिक सवारी व्यवस्था हुनुपर्छ। बिहान ४ देखि राति १२ बजेसम्म सार्वजनिक सवारी पाउने हो भने यहाँ धेरैको तनाव कम हुन्छ। सार्वजनिक सवारीको विस्तारसँगै मोटरसाइकल रसाना सवारीसाधनको आवश्यकता पर्दैन। आफूसँग साधन भए पनि सार्वजनिक सवारीतर्फ आकर्षण बढ्छ।  

त्यसैले काठमाडौँमा अत्यधिक सवारीसाधनको चाप घटाउनेतिरध्यान दिनुपर्छ। टुँडिखेल आसपासको मुख्य सहरी क्षेत्रमा सवारी प्रवेश कम गराउने रणनीति हुनुपर्छ। त्यसो भयो भने पार्किङको समस्या हल हुन्छ। कुनै अन्य ठाउँमा बहुतले पार्किङ बनाउन सकिन्छ। पार्किङको समस्या समाधान गर्ने अनेकन वैकल्पिक उपाय छन्, त्यतातिरखोजी हुनुपर्छ। टुँडिखेल मासेरपार्किङ गर्ने कुराको समर्थन गर्न सकिँदैन। अभियन्ताहरूले चालेको यो कदम उपयुक्त छ। वास्तवमा टुँडिखेललाई पूर्ववत् अवस्थामा फर्काउनतिरध्यान जानुपर्छ।  

टुँडिखेल खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन अभियन्ताले सोमबारकाठमाडौँ महानगरपालिकाका उपमेयरसुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन्। मेयरबालेन्द्र साहले समय नदिएपछि डंगोललाई उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्। कात्तिक अन्तिम साता काठमाडौँ महानगरपालिकाले वडा २८ मा रहेको खुला मञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने योजना सार्वजनिक गरेसँगै स्थानीयबासी रसंरक्षण अभियन्ता आक्रोशित भएका हुन्। सहरको बीचमा खुला ठाउँ मास्ने कुराको समर्थन कसैले गर्न सक्दैन। पार्किङको समस्या समाधान गर्न अरू विकल्प खोज्नुपर्छ। बरु अहिलेसम्म टुँडिखेल कब्जा गरेका संस्था रसंरचना हटाउनेतर्फ सरकारको ध्यान जानु उचित हुन्छ।

प्रकाशित: १९ पुस २०७९ ००:२० मंगलबार

Download Nagarik App
Download Nagarik App