४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के छ ? (पूर्ण पाठसहित)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ।

व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाखबाट बढाएर एक करोड रुपैयाँ कायम गरिएको छ। स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत बनाइएको छ। निक्षेप संकलन दर २.७५ प्रतिशतमा यथावत् छ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा एक प्रतिशत कम गर्नुपर्ने बाध्यकारी व्यवस्था खारेज गरिएको छ। 

लघुवित्तबाट धितोमा दिने कर्जाको सीमा सात लाखबाट बढाएर १५ लाख रुपैयाँ कायम गरिएको छ। साथै, लघुवित्तका ऋणीहरूले कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सक्ने व्यवस्था गरिएको छ।

पूर्ण पाठ हेर्नुस्

प्रकाशित: १५ मंसिर २०८२ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App