बिश्व संपदामा सुचीकृतकालागि प्रस्तावित प्राचिन कपिलवस्तुको बुद्धको क्रिडास्थल स्थल तिलौराकोटमा ५१ देशका बिदेशी पर्यटकले भ्रमण गरेका छन् । अमेरिका, बेलायत जापान, जर्मन, फान्स अमेरिाका रुस, साउथ कोरिया, स्पेन, भियातनाम न्युुजील्याण्ड, लगायत देखि ठुलो चीन सम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।
तिलाराकोटमा सुरु गरिएको उत्खनन पछि बिदेशी पर्यटक निरन्तर बढेका छन । सन् २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम बिश्व बिद्यालयको प्राबिधिक सहयोगमा पुरातत्व बिभागले उत्खनन गर्दै आएको सन् २०२४ सम्म उत्खनन गरेको थियो । कोरानाकाल पछि भने सन् २०२०, २०२१ र २०२२ मा भने तिलौराकोटमा एकैदमै न्युन पर्यटक आएका थिए । सन् २०२५ मा तिलौराकोटमा १ लाख ७ हजार ९५८ पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषको तिलौराकोट संपर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।
सन् २०२५ मा ५० देशका ४६ हजार ३०७, भारतीय १९ हजार २१ र ४२ हजार ६३० नेपाली तिलौराकोट आएको उनले बताए । सन् २०२४ मा भने कुल १ लाख ५२ हजा ११४ जना पर्यटक आएका थिए । कपिलवस्तु बाहेकका जिल्ला, भारतीय र ५० देशका पर्यटक गरी सन् २०२५ मा १ लाख ७ हजार ९५८ आएको उनले बताए । सन् २०२३ मा कुल ८१ हजार ८१९ पर्यटकले तिलौराकोटको अवलोकन गरेका छन ।
सबैभन्दा बढी म्यानमार, थाईल्यान्ड, कोम्बोडिया, श्रीलंकाका बौद्धमार्गी यहा आएका थिए । सन् २०२५ मा सबैभन्दा बढी म्यानमारबाट १३ हजार ७७३ र थाईल्डनडबाट ८ हजार १५ जना तिलौराकोट आएका हुन । सेम्टेम्बर देखि मार्च महिनालाई पर्यटक आउने सिजन मानिएको छ । अक्टोबर, नाभेम्बर र डिसेम्बरलाई पर्यटक आउने सिजन मानिन्छ । डिसेम्बरमा १८ हजार ६२२ र नाभेम्बरमा २२ हजार ६४१ जना तिलौराकोट आएका छन । तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अबस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रासादका रुपमा परिचित छ । ९० प्रतिशत बढी विदेशी विश्व शान्ति, सद्भाबको कामना र तीर्थाटन गर्न आउने गरेको तिलौराकोट स्थित लुम्बिनी विकास कोष तिलौराकोट संपर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।
तिलौराकोटमा गरिएको उत्खनन र बिश्व संपदा सुचीमा सुचिकृतकालागि प्रस्तावित गरिए पछि लगातार बिदेशी पर्यटक बढनु राम्रो संकेत भएको लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्मा किरनले बताए । ‘तिलौरोटमा उत्खनन र विश्व संपदा सुचीकृतकालागि प्रस्तावित गरिए पछि बिदेशीहरु आउनेक्रम समेत बढेको हो ’ उनले भने । प्रस्तावित गरिए पनि बिश्व संपदामा भने तिलौराकोट सुचीकृत हुने सकेन । यसले आम नेपाली भने दुःखी भएको कपिलवस्तुबासीको भनाई छ । खास गरि यहाँ म्यानमार, श्रीलङ्का, बर्मा, भियतनाम, चीन, थाइल्याण्ड, कोरीया, जापान लगायतका पर्यटक अत्याधिक मात्रामा आउने गरेका छन् ।
तिलौराकोटमा पर्यटकको संख्या बढनु सकारात्मक कुरा भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताए । तिलौराकोटलाई बिश्व संपदासुचीमा सुचीकृत गर्न सरकारले नै बिशेष पहल गर्नु पर्ने उनले बताए । स्थानीय युवा अगुवा प्रकाश घिमिरेले ठोस योजना र भौतक पुर्वाधारको अभाव भएकाले प्राय भारतको बाटो हुदै लुम्बिनीको भ्रमण पछि मात्र यहाँ आउने गरेका बताए । बुद्धको क्रिडास्थल तिलौराकोटमा पाईला टेके पुण्य प्राप्ति हुने भएकाले पबित्र स्थल मानेर आउने गरेका छन् । यहाको मुख्य दरबार भग्नावषेशमा आई सुत्रपाठ, पुर्बी र पश्चिमी गेटमा भगबान गौतम बुद्धको बाल्यकालको जीबन लीला पाठ गरे पछि मात्र शान्ति प्राप्त भई आत्म सन्तुष्टि हुने हुदा यहा बौद्ध धर्मावलमबीहरु आउने बौद्धमार्गी बताउछन ।
बुद्धको जीबनसंग संबन्धित धेरै पुरातातिवक स्थल यहा हुदा बिदेशी पर्यटक आउने गदर्छन् । तिलौराकोट पछि निग्रमोधराम कुदान, धमनिया स्तुप, सगरहवा, निगालीकोट, गोटिहहवा, सिसहनियाकोट समेत पर्यटकहरु जाने गरेका छन । बिदेशी पर्यटक बढे पनि होटल तथा पर्यकटन ब्यवसायी भने निराश छन । तिलौराकोटमा आएका पर्यटकहरु सरदर ३९ मिनेट मात्र बिताएर फर्कने गरेका छन । तिलौराकोट आएका पर्यटकको बसाई र ब्यतित गर्ने सयम बढाउने किसिमले पुर्वाधार र सुन्दरीकरण गर्नु पर्ने तिलौराकोट होटलका संचालक किरणभुसालले बताए ।
तिलौराकोटको विकासकालागि लुम्बिनी विकास कोषले हरसंभव प्रयास गरेको ल्ुम्बिनी बिकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले बताए । पुरात्व बिभागले तिलौराकोट दरबार क्षेत्रमा जग्गा अधिग्रहणको काम समेत तीब्ररुपमा अघिबढाएको पुरातत्व बिभागमा बरिष्ठ पुरातत्व अधिकृत राम बहादुर कुवरले बताए । उनले चालु आर्थिक बर्षमा जग्गा अधिकरणकालागि ५ करोड बजेट बिनियोजन भएको र जग्गा अधिग्रण कार्य जारी रहेको बताए ।
प्रकाशित: २ माघ २०८२ १८:४७ शुक्रबार





