२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

सरकारले एक वर्षमा लियो सवा तीन खर्ब आन्तरिक ऋण

सरकारसँग स्रोत अभाव भएपछि एक वर्षको अवधिमा सवा तीन खर्ब आन्तरिक ऋण परिचालन गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको हो। सरकारले आन्तरिक मात्र नभएर एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण पनि परिचालन गरेको छ।

२०८२ असार मसान्तमा सरकारको कुल तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

जसमध्ये, बाह्य ऋण १४ खर्ब एक अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो ऋण कुल गार्हस्थ्य उत्पादनको ४२.७१ प्रतिशत रहेको थियो।

प्रकाशित: १० भाद्र २०८२ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App