१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

नेप्सेमा करेक्सन, कारोबार रकम साढे २६ अर्ब नाघ्यो

लगातार ८ दिनसम्म बढेको नेप्सेमा आइतबार भने करेक्सन भएको छ । कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२६ अंक, फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंकले घटेको छ।

गत बिहीबार करिब साढे १८ अर्बको शेयर खरिदबिक्री भएको नेप्सेमा आइतबार भने साढे २६ अर्ब बढीको कारोबार भएको छ । आज ३२३ कम्पनीका २ लाख ३ हजार ६५८ पटकको कारोबारमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँबराबरको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.३४ प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्ट्सको १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको करिब ८९ करोड रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आइतबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको १.४४ प्रतिशत, विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतले वृद्धि भएको हो । वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बिमा उपसमूहको परिसूचक भने एक प्रतिशतभन्दा बढीले घटेको छ। 

प्रकाशित: ११ श्रावण २०८२ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App