कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान निर्देशिका २०८२’ लागू गरिने भएको छ।
पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए।
कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रूपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल १५ हजार ९२१ मेट्रिक टन बिक्री गर्न लागिएको हो। जसमा डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन र कृषि चुन १५९ मेटिक टन रहेको छ।
वितरण गरिने डिएपी ५० केजी (एक बोरा) को रु दुई हजार २००, युरिया ५० केजीको रु ७५०, पोटास ५० केजीको एक रु एक हजार ६०० र कृषि चुन ५० केजीको रु ४३० कायम गरी बिक्री गरिने भएको छ। रासस
प्रकाशित: १८ जेष्ठ २०८३ १२:०६ सोमबार





