९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

नेप्सेमा १९.४३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ।

अघिल्लो कारोबार दिन सोमबार ४४.२५ अंकले बढेर बन्द भएको बजारमा आज भने १९.४३ अंकको गिरावट देखिएको हो। यस गिरावटसँगै नेप्से परिसूचक २५२८.१६ विन्दुमा झरेको छ।

आज सेन्सेटिभ इण्डेक्स ४.६० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंकले घटेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि आज कमी आएको छ। सोमबार करिब ५ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३१७ स्टकको ३८ हजार ८२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको ७४ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुईवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शुभम पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको हो।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशत र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशतले बढेको छ। यता, समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यसैगरी, हिमालयन रि-इन्स्योरेन्सको १६ करोडभन्दा बढी र सिईडिबी होल्डिङ्गस लिमिटेडको साढे १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ वटाको परिसूचक बढेको छ भने १० वटाको घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशतले बढेको छ।

अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा पनि सामान्य वृद्धि देखिएको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित: २८ आश्विन २०८२ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App