२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अर्थ

चेम्बर अफ कमर्स मोरङको अध्यक्षमा रिजाल

चेम्बर अफ कमर्स मोरङको तेस्रो अधिवेशनले  शिवप्रसाद रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति  सर्वसम्मत  चयन गरेको छ ।  

समितिको उपाध्यक्षमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल चयन भएका छन् । यस्तै महासचिवमा कृष्ण प्रसाद दाहाल, सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्र बहादुर बस्नेत चयन भएका छन् । 

सदस्यहरूमा अञ्जली देवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगल किशोर राठी, विकास लालवानी, रितेश खनाल, सीता देवी पराजुली, सुरेश कुमार भट्टराई, सुवास प्रसाद रिजाल र चिरञ्जीवी पराजुली चयन भएका छन् । नव निर्वाचित  पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष यादव पोखरेलले अबिर र माला लगाएर बधाई दिएका थिए ।

प्रकाशित: २० श्रावण २०८२ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App