१ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

सेयर लगानीकर्तालाई दशैंअघि राहत, कारोबार हुने अन्तिम दिन दोहोरो अंकको वृद्धि

दशैँ अघिको अन्तिम कारोबार हुने दिन आइतबार नेप्से परिसूचकमा वृद्धि भएको छ ।  

आइतबार नेप्से परिसूचक ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंक, फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंकले बढेपछि सेयर कारोबारीलाई दशैं अघि राहत मिलेको हो ।  

आइतबार कारोबार रकममा भने बिहीबारको तुलनामा ३३ करोड रुपैयाँले कमी आएको छ । गत बिहीबार ३ अर्ब २६ करोडको कारोबार भएको बजारमा आइतबार ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको ७५ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।  

आइतबार ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भगवती हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत र यूनियन हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। सिक्लेस हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको यूनियन हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ११ करोड र शिवम सिमेन्ट्को ८ करोडभन्दा बढीको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये आइतबार १० उपसमूहको परिसूचक बढेको छ । ३ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित: १२ आश्विन २०८२ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App