२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अर्थ

महिला उद्यमी संघ बर्दियाको अध्यक्षमा रेग्मी सर्वसम्मत

महिला उद्यमी संघ बर्दियाको अध्यक्षमा उपमा रेग्मी सर्वसम्मत निर्वाचित भएकि छन् । गुलरियामा शनिबार आयोजना भएको तेस्रो साधारणसभा तथा अधिवेशनले रेग्मीलाई अध्यक्ष निर्वाचित गरेको हो ।

महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमले १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासंघको उपाध्यक्षमा संगीता थापा, द्वितीय उपाध्यक्षमा राधिका ज्ञवाली पौडेल, सचिव मीना चौधरी, सहसचिव करुणा कुमारी पान्डे, कोषाध्यक्ष सुनीता चौधरी निर्वाचित भएका छन् ।  

यस्तै सदस्यमा ईन्दिरा सुवेदी, रुपा बझगाई, चन्द्रा वली, शान्ति सुनार, टीका सम्सेली मगर, बसन्ती जोशी, राधा कुँवर चयन भएका छन् । निर्वाचित कार्य समितिलाई केन्द्रीय अध्यक्ष ज्ञवालीले पद तथा गोपनीयताको सपथ गराएकी थिइन् । 

प्रकाशित: १४ भाद्र २०८२ १८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App