११ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।

बढेको मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएपछि निगमले आफू आर्थिक संकटमा फसेको जनाएको छ। पछिल्लो १५ दिनमै ५ अर्ब घाटा व्यहोरेको भन्दै निगमले आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने प्रक्षेपण गरेको छ।

लगातारको घाटाले आइओसीलाई तोकिएको समयमै रकम बुझाउन नसकिने र यसबाट देशव्यापी इन्धन आपूर्ति नै प्रभावित हुने निगमले बताएको छ।

प्रकाशित: ११ चैत्र २०८२ २१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App