पठाओ राइड शेयरिङ कम्पनीका उप-महाप्रबन्धक शशांक शम्शेर थापाले राजीनामा दिएका छन् । पठाओको कानुनी प्रमुखदेखि उपमहाप्रबन्धकसम्मको भूमिकामा पुगेका उनले काम गरेको ८ वर्षपछि राजीनामा गरेका हुन् ।
थापाले नागरिकसँग कुराकानी गर्दै आफूले ८ वर्ष काम गरेर एउटा उचाइमा पुर्याएको र अब नयाँ पुस्तालाई अवसर दिन आफूले राजीनामा दिएको बताए ।
नयाँ सेयरिङ कम्पनीको प्रतिस्पर्धा बढेपछि पठाओबाट किन बाहिरिनुपर्यो भन्ने प्रश्नमा उनले पठाओलाई एउटा उचाइमा पुर्याउन खेलेको भूमिका बताउँदै उनले अब थप नयाँ रुपले कम्पनी अघि बढ्ने बताए ।
थापाले राइड शेयरिङ कम्पनीको पहिलो दर्ता (रजिस्ट्रेशन) गराउन मुख्य भूमिकाका साथै राइड शेयरिङ बिमा लागू गराएका थिए ।
प्रादेशिक कानुनहरू निर्माणसँगै उनले केन्द्र सरकार र प्रदेश सरकार मिलेर काम गरेका थिए ।
प्रकाशित: १ जेष्ठ २०८३ १७:०५ शुक्रबार





