२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

दसैं बिदामा पनि आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने

दसैंमा सार्वजनिक बिदा भए पनि बजारमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन नेपाल आयल निगमले इन्धन बिक्री गर्ने भएको छ। 

दसैंको अवसरमा सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोक्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसदा भट्टले बताए। उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ। निगमबाट इन्धन लगेर पेट्रोल पम्पले उपभोक्तालाई बिक्री गर्ने छन्।

निगमले देशभरका १३ वटा डिपो खुला राख्ने भएको छ। पेट्रोलियम पदार्थको उपलब्धतामा समस्या भएमा सम्पर्क गर्न अनुरोध गर्दै निगमले सम्पर्क व्यक्ति समेत तोकेको छ।

प्रकाशित: १२ आश्विन २०८२ २०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App