२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

निर्यात परिषद्को नयाँ कार्यसमिति चयन, अध्यक्षमा थपलिया निर्विरोध

तस्बिर : अध्यक्ष थपलियाको फेसबुकबाट

नेपाल निर्यात परिषद्को अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित भएका छन्। 

परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारणसभाले निर्विरोध रूपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिवमा वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्।

परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ। ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो।

प्रकाशित: २४ पुस २०८२ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App