७ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

क्याप्शन

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ।  

आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ११.९१ अंक, फ्लोट इण्डेक्स ५.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अंकले घटेपछि नेप्से प्रभावित बन्यो।  

आइतबार कारोबार रकम भने गत बिहीबारको तुलनामा झण्डै डेढ अर्बले बढेको छ। ३२४ स्टकको ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएको थियो।  

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०१ प्रतिशतले बढेको छ भने बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशतले घटेको छ। आइतबार नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशत र राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ।  

कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३८ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भयो।  

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत, अन्य उपसमूहको परिसूचक ४.७९ प्रतिशत, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशत तथा बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित: २६ आश्विन २०८२ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App