२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ६४ करोडले घट्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक १.०३ अंक घटेर २७३०.९१ विन्दुमा झरेको छ।  

सोमबार कारोबार ६४ करोड रुपैयाले घटेको छ। ३३९ स्टकको ४३ हजार ३०९ पटकको कारोबारमा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको ५८ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत शुक्रबार नेप्सेमा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको कारोबार भएको थियो।  

सोमबार इंगवा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत बढेको भने बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ । निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५८६ को मूल्य सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको साहस उर्जाको ८ करोड ४३ लाख ८९ हजार रुपैयाँबराबरको शेयर कारोबार भयो । रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे ७ करोड र एसवाई प्यानल नेपालको ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।  

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जीवनबीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App