नेप्से परिसूचक लगातार दोस्रो दिन बढेको छ। बुधबार नेप्से परिसूचक १५.४४ अंक बढेर २५३८.११ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.०२ अंक, फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक बढेको छ।
बुधबार कारोबार रकम पनि मंगलबारको तुलनामा चार करोडले बढेको छ। बुधबार ३५४ स्टकको ३९ हजार ६७३ पटकको कारोबारमा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको ७२ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सानिमा मिडिल तमोर हाइड्रोपावरको १४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोड र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
उपकार लघुवित्त वित्तीय संस्थाको ११.८७ प्रतिशत, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य १० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ। कारोबारमा आएको एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३ ९४ को मूल्य भने सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड र निर्जीवन बिमा उपसमूहको परिसूचक सामान्य अंक घटेको हो।
प्रकाशित: १७ भाद्र २०८३ १५:३५ बुधबार


-600x400.jpg)


