१६ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

दोस्रो दिन पनि उच्च अङ्कले घट्यो नेप्से

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ।

सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो। 

आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा रू १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। आज २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ।

प्रकाशित: १६ चैत्र २०८२ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App