२७ माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

लगातार दोस्रो दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि करिब एक अर्बले घट्यो

नेप्से परिसूचक लगातार दोस्रो दिनपनि घटेको छ । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स ४.०२ अंक, फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो ।  

नेप्सेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा झण्डै एक अर्बले कमी आएको छ । सोमबार ३२४ स्टकको १ लाख २ हजार २८१ पटकको कारोबारमा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँबराबरको २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार नेप्सेमा ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।  

खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत, रिडी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत र लिबर्टी इनर्जीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। तर माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने ५.४० प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिडी हाइड्रोपावरको ७७ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एसवाई प्यानल नेपालको ५४ करोड र आँखु खोला जलविद्युत कम्पनीको ४८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।  

सोमबार १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित: २६ माघ २०८२ १५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App