हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ।
लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपीले चीनतर्फको समन्वयमा चीनको लिजी पोर्टमा रहेको नेपाली हाटबजार बन्द गराएको हो। त्यहाँका बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले मौसम प्रतिकूलतासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालबाट चीनतर्फ गएर पसल चलाउनेलाई चीन पक्षको समन्वयमा दुई दिनका लागि आवामगन बन्द गरिएको बताए।
प्रकाशित: १४ कार्तिक २०८३ ०९:३१ शनिबार




-600x400.jpg)
