एक आर्थिक वर्षको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ५ करोड रुपैयाँ भेटी संकलन भएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा करिब एक करोड ७१ रुपैयाँले बढी हो।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार २०८२ साल साउन १ देखि २०८३ साल असार ३२ गतेसम्ममा मन्दिरबाट ४ करोड ८२ लाख ३ हजार ८ सय ५५ रुपैयाँ भेटी संकलन भएको छ। आर्थिक वर्ष २०८१।८२ मा पाथीभरा मन्दिरबाट ३ करोड ११ लाख ६४ हजार ट सय ७६ रुपैयाँ भेटी संकलन भएको थियो।
हाङवाङका अनुसार सबैभन्दा बढी भेटी गत वैशाखमा संकलन भएको छ। यस महिनामा मात्र एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वर्षको साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार, कात्तिकमा ३४ लाख ४८ हजार ५ सय र मंसिरमा ७५ लाख ४९ हजार १ सय रुपैयाँ भेटी संकलन भएको छ।
पुसमा २४ लाख २५ हजार, माघमा १८ लाख ४७ हजार ५ सय, फागुनमा ३१ लाख १० हजार, चैतमा ५८ लाख ४४ हजार ५ सय, जेठमा ४६ लाख ६० हजार ६ सय र असारमा ३२ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ भेटी संकलन भएको छ।
तीर्थालु पनि बढे
आर्थिक वर्ष २०८१।८२ भन्दा बढी संकलनमा वृद्धि भएको ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थीको संख्या आव २०८२।८३ मा वृद्धि भएको पाइएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आर्थिक वर्ष २०८२।८३ को एकवर्षे अवधिमा पाथीभरा मन्दिरमा २ लाख ५२ हजार ७८ जना तीर्थालु मन्दिरको दर्शनका लागि आएका छन्।
आव २०८१।८२ मा २ लाख ३१ हजार ३ सय ३४ जना भक्तजन मन्दिरको दर्शनका लागि आएका थिए। आव २०८१।८२ भन्दा आव २०८२।८३ मा पाथीभरा मन्दिर आउने दर्शनार्थीको संख्या २१ हजार भन्दा बढी हो। क्षेत्र विकास समितिका अनुसार आव २०८२।८३ मा सबैभन्दा बढी दर्शनार्थी बैशाख महिनामा ५२ हजार २ सय २८ जना र सबैभन्दा कम आर्थिक वर्षको सुरुवात महिना गत साउनमा २ हजार १ सय ४६ जना पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए।
क्षेत्र विकास समितिका अनुसार गत भदौ महिनामा ४ हजार ५ सय ३ जना, असोजमा २९ हजार १ सय ७४ जना, कात्तिकमा ४२ हजार २ सय ६१ जना, मंसिरमा १९ हजार १ सय ८१ जना, पुसमा ५ हजार ९ सय ११ जना, माघमा १० हजार ३ सय २३ जना, फागुनमा १८ हजार ६ सय ५२ जना, चैतमा ४८ हजार १ सय ५५ जना, जेठमा ८ हजार ३ सय ८७ जना र असारमा ११ हजार १ सय ५७ जना पाथीभरा मन्दिरको दर्शनका लागि आएका क्षेत्र विकास समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रकाशित: १ श्रावण २०८३ ०९:१५ शुक्रबार




-600x400.jpg)
