२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

नाट्टाको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन सुरु

<br>

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित ट्राभल व्यावसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले बुधबारदेखि अन्तरप्रदेश प्रवर्द्धन अभियान सुरु गरेको छ। सिंगो गण्डकी प्रदेशमा भित्रिने पाहुनाको आकार बढाउने उद्देश्य सहित नाट्टाले प्रवर्द्धन अभियान थालेको हो।  

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी र व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गर्नेछ। स्थानीय व्यावसायीसँगको भेटघाटले पोखरामा आन्तरिक पाहुनाको आगमन बढाउने अध्यक्ष दाहालको भनाई छ।  

‘अब आन्तरिक पाहुनाको सिजन पनि हो। यो अभियानले पाहुना आगमन बढाउने अपेक्षा छ,’ उनले भने, ‘पोखरा आन्तरिक पाहुनाको उपयुक्त गन्तव्य हो। पाहुनालाई पोखरा घुम्न बोलाउने उद्देश्य सहित यो अभियान चलाइएको हो।  

अन्तरप्रदेश प्रवर्द्धनात्मक भ्रमणले पर्यटन प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी लगायतका महत्वपूर्ण उपलब्धि हासिल हुने अध्यक्ष दाहालले बताए। नाट्टाले यसअघि पनि आन्तरिक र बाह्य पर्यटकलाई पोखरा घुम्न बोलाउँदै आन्तरिक सहित विभिन्न मुलुकका प्रवद्र्धनात्मक अभियान चलाउँदै आएको छ।

प्रकाशित: १८ भाद्र २०८२ १८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App