८ भाद्र २०८३ सोमबार
image/svg+xml
अर्थ

गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री

गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट रु चार करोड बराबारको खाद्यबस्तु ( चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ) अन्य जिल्लामा बिक्री भएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार  गत आवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्य वस्तु सो रकम बराबार जिल्ला बाहिर बिक्री भएको हो।  

सो कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ।  साथै कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ। जिल्लाबाट ७४ मेट्रिक टन सिमी बिक्री भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले रु चार लाख ९० हजार ढुवानी अनुदान दिएको थियो।

त्यसैगरी दुई सय ३० मेट्रिक टन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, काउनो, कोदो, फापर अर्ग्यानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ। यी बालीको स्थानीय गाउँघरको मूल्य  रु दुई करोड सात लाख हुन आउँछ।

निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो। चालु आवमा सिमी दुवानी अनुदानका लागि रु पाँच लाख र अन्य बाली ढुवानी अनुदानका लागि रु तीन लाख विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए। चालु आवमा ८० मेट्रिक टन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख मल्लले जानकारी गराए।

जिल्लाका किसानले परम्परागत अन्नबाली चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ। बजारसम्म पुर्याउने यातायातका साधन नपाउदा, बजार  थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै  आएका छन्। सरकारले बजारीकरणको खोजी र दुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आथिक विकासमा परम्परागत बालीले राम्रो स्थान लिने जनाइएको छ। रासस

प्रकाशित: १३ श्रावण २०८२ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App