८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मायाखोला हाइड्रो पावरको हकप्रद सेयर निष्कासन गरिने

मायाखोला हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

मायाखोला हाइड्रो पावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबिच हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा मायाखोला हाइड्रो पावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले मायाखोला हाइड्रोपावर लिमिटेडको एक करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिने र गर्नुपर्ने अन्य कार्यहरू तथा अनुमतिपछिको बिक्री प्रबन्धकको कार्यहरू गर्नेछ।

यस कम्पनीको स्थापना २०६७ सालमा प्रालिको रूपमा भई २०७३ सालमा लिमिटेडमा रूपान्तर भएको हो। यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको मायाखोला हाइड्रोपावर आयोजनको निर्माण गरी २०८० असार देखि विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आइरहेको छ। यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो।  

प्रकाशित: ७ फाल्गुन २०८२ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App