१४ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

बाढीबाट क्षतिग्रस्त पूर्वाधारको मूल्यांकनका लागि सबै ड्रोन प्रयोग गरौं : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढी प्रभावित क्षेत्रमा ड्रोन टेक्नोलोजी प्रयोग गरेर क्षतिको मूल्यांकन गर्नुपर्ने बताएका छन्।  

शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा आवश्यक स्रोत साधन जुटाउनमा केन्द्रित हुन निर्देशन दिए। ‘फिल्डमा के आवश्यक पर्छ, त्यो स्रोतसाधनहरू जुटाउने गरी प्राधिकरणको स्कोप अगाडि बढाउनुपर्छ,’ उनले भने।

उनले ड्रोन टेक्नोलोजी प्रयोग गरेर र्‍यापिड ड्यामेज एसेसमेन्ट लिनेगरी त्यसमा लाग्न निर्देशन दिए। ‘सबै प्राइभेट ड्रोनदेखि एनइए इन्जिनियर्सको ड्रोन पनि प्रयोग गरेर हाइड्रो पावर लगायत सबै बगेका बस्तीहरू र क्षति पुगेका पूर्वाधारहरुको चाँडै क्षति मूल्यांकन गरेर राष्ट्रिय योजना आयोगमार्फत पोस्ट डिसास्टर निड एसेसमेन्ट गर्नुपर्छ,’ उनले भने।  

उनले विभिन्न १४ वटा निकायका प्रतिनिधि सहभागी बैठकमा अबको तीन दिन, सात दिन र एक महिनाको योजना बनाएर अगाडि बढ्न निर्देशन दिए। आधिकारिक सञ्चारमा एकद्वार प्रणाली अपनाउन पनि निर्देशन दिए।  

मन्त्री श्रेष्ठका अनुसार पूर्वाधार मन्त्रालय र ऊर्जा मन्त्रालय मिलेर डिटेल ड्यामेन्ट निड एसेसमेन्ट गरिरहेका छन्।

उनले यो विषम परिस्थितिमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै प्राधिकरण र सरकार पक्षले जनताको अभिभावकको भूमिका अझै प्रगाढ रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १४ भाद्र २०८३ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App