१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

उद्योगमा तत्काल विद्युत सुचारु गर्न उद्योग संगठनको माग

डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएको उद्योगहरूको विद्युत तत्काल सुचारु गर्न उद्योग संगठन मोरङले माग गरको छ । आइतबार विज्ञप्ति जारी गरी उद्योग संगठन मोरङले उद्योगहरूको विद्युत तत्काल सुचारु गर्न माग गरेको हो ।  

उद्योग संगठनले लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाईन काटिएको सम्वन्धमा उद्योग गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरु बिच हुदै आएको रस्साकस्सी र आ–आफ्नो अडानका कारण पेचिलो बनेको उद्योग संगठन मोरङको धारणा छ ।  

लामो समयदेखि विवाद समाधान हुन नसकेको तथा सरकार आफैले ठोसरुपमा तत्कालै समाधानको पहल गर्नु पर्नेमा सरकार परिवर्तन भएपिच्छे पटक-पटक विवाद बल्झाई रहेको हुँदा यसले समग्र निजी क्षेत्रप्रति नकारात्मक भाष्य सिर्जना भइरहेको भन्दै उद्योग संगठन मोरङले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ  ।  

‘उद्योगहरुमा विद्युत आपूर्ति कटौती हुँदा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुदा रोजगारी, राजश्व तथा बैंक व्याज भूक्तानी, बजार श्रृखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कस्ले लिने ?’ विज्ञप्तिमा भनिएको  छ ।  विद्युत आपूर्ति कटौती गरि उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सूचारु गर्न विज्ञप्तिमा माग गरिएको छ ।

त्रिपक्षीय सरोकारवालाहरुः नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र नीजि क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई तत्कालै न्यायोचित निरुपणका लागि उद्योग संगठन मोरङले सम्बद्ध पक्षलाई आग्रह पनि गरेको छ । 

प्रकाशित: १६ कार्तिक २०८२ १८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App