२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारबाट आयात सुरु

विराटनगर भन्सार नाकाबाट आयात सुरु भएको छ । जेन-जीको आन्दोलन पछि ठप्प भएको विराटनगर नाकाको आयात शुक्रबारदेखि सुरु भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

शुक्रबारदेखि अत्यावश्यक बस्तुको जाँचपास सुरु गरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुक्रबार विराटनगर भन्सार कार्यालयले ७ वटा एलपी ग्याँसका बुलेट जाँचपास भई गन्तव्यतर्फ पठाएको छ। 

शनिबारदेखि आयात–निर्यात नियमित गर्ने विराटनगर भन्सार कार्यालयको तयारी रहेको श्रेष्ठले बताए । सुरक्षाको अवस्थालाई हेरेर  विराटनगर भन्सार कार्यालयबाट आयात निर्यात सुचारु हुने भन्सार प्रमुख श्रेष्ठले जानकारी दिए । जेन-जी समूहको आन्दोलनका क्रममा विराटनगर भन्सार कार्यालयमा तोडफोड आगजनी र लुटपाट भएको थियो ।

विराटनगर स्थित आइसीपीको मुख्य भवनमा भने क्षति नपुगे पनि आइसीपीको मुख्य गेटमा आगजनी र तोडफोड भएको छ ।  आवसिय क्षेत्र र गोदामबाट सामानहरू लुटपाट भएको श्रेष्ठले जानकारी दिए । यस्तै विराटनगर भन्सारको रानी स्थित यात्रु शाखा र आवास क्षेत्रमा आगलागी भएको छ भने मुद्दाका मोटरसाइकलहरू लुटिएको उनले बताए । 

प्रकाशित: २७ भाद्र २०८२ १७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App