४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

विराटनगरमा हस्तकला प्रदर्शनी हुँदै

फाइल तस्बिर

महिला उद्यमशीलता प्रवद्र्धनका लागि कार्यरत ‘विन च्याप्टर मोरङ’ले आजदेखि विराटनगरमा दुई दिने हस्तकला प्रदर्शनी आयोजना गर्दैछ। वीरेन्द्र सभागृह अगाडिको ‘युमेन इन्टरप्रेनर्र्स ग्यालरी’मा उक्त प्रदर्शनी हुन लागेको हो ।  

उक्त ग्यालरी कोशी प्रदेशकै पहिलो अग्रणी महिला उद्यमशीलता प्रवद्र्धन केन्द्र हो। यसको स्थापना स्थानीय महिलाको सिर्जनात्मकता र सीप प्रदर्शन गर्ने उद्देश्यले गरिएको ‘बिन मोरङ च्याप्टर’की अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले बताइन्। उनका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य महिला उद्यमीले तयार पारेका हस्तनिर्मित सामग्रीलाई प्रवद्र्धन गर्ने र पारम्परिक चाडपर्वको अवसरमा स्थानीय उत्पादनको बजार विस्तार गर्ने रहेको छ ।  

‘हाम्रा सीप नै हाम्रा उद्यमशीलताका परिचय हुन्, तिनलाई निरन्तर रूपमा उन्नत र सशक्त बनाइराख्न आवश्यक छ’, उनले भनिन्, ‘प्रदर्शनीलाई महिलाको सिर्जनात्मकता, सीप र आत्मविश्वासलाई एउटै मञ्चमा ल्याउने प्रयासका रूपमा लिएका छौँ।’

प्रदर्शनीबाट उद्यमी महिलालाई बजारमा कुन उत्पादनको बढी माग छ भन्ने मूल्याङ्कन गर्न, नयाँ कुरा सिक्न र आफ्ना उत्पादनमा सुधार ल्याउन सहयोग पुग्ने  अध्यक्ष श्रेष्ठको भनाइ छ। प्रदर्शनीमा जुट, ऊन, रेशम, पात, गोबरका सामग्री, मैनबत्ती, मणिको काम, लोकता उत्पादनलगायतका वस्तु राखिएका छन्।

प्रकाशित: ३० आश्विन २०८२ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App