नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अनुमोदन गरेको १०० बुँदे सुधार एजेन्डा स्वागतयोग्य रहेको बताएका छन्।
यस कदमले लगानीमैत्री वातावरण निर्माण गर्न, रोजगारी सिर्जना गर्न र नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्न मद्दत पुग्ने उनको भनाइ छ।
उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘राम्रो शासनतर्फको सकारात्मक कदम हो। यसले लगानीमैत्री वातावरण निर्माण गर्न, रोजगारी सिर्जना गर्न र नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्न मद्दत गर्नेछ।’
डिजिटल सेवाहरू, प्रशासनिक सुधार, भ्रष्टाचार विरोधी र निजी क्षेत्रको वृद्धिमा ध्यान केन्द्रित हुनु सकारात्मक संकेत रहेको उनले बताए। यस विषयमा लामो समयदेखि एफएनसीसीआइले कुरा उठाउँदै आएको बताउँदै उनले सरकारको यो पहललाई स्वागत गर्ने उनको भनाइ छ।
यस्तै उनले यसको प्रभावकारी कार्यान्वयनको लागि सरकारसँग काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको थियो।
यो पनि पढ्नुहोस्
सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुनेप्रकाशित: १५ चैत्र २०८२ ०९:३४ आइतबार





