१ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको हो। 

महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ थियो। 

बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य पुनः २ हजार ३०० रुपैयाँले घटेको हो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।  

प्रकाशित: १ आश्विन २०८३ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App