१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्याे

स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३०० मा खरिदबिक्री भइरहेको छ ।

सोमबार एक तोला सुन रु एक लाख ९६ हजार ३०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१५ मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

प्रकाशित: ३ भाद्र २०८२ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App