२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मासिक भत्ता

 सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचार र मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै घाइतेहरूको सम्मान र जीविकोपार्जनका लागि यस्तो नीति सार्वजनिक गरेका हुन्।

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले घाइतेहरूको अवस्था र आवश्यकताका आधारमा राज्यका तर्फबाट निःशुल्क उपचारको व्यवस्था मिलाइने जानकारी दिए।

घाइतेहरूको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउन उनीहरूको शारीरिक अवस्था अनुसार मासिक भत्ता समेत प्रदान गरिने सरकारको योजना छ।

प्रकाशित: १५ जेष्ठ २०८३ १७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App