५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासंघको पहिलो प्रदेश कमिटी कोशीमा गठन, अध्यक्षमा श्रेष्ठ

महिला उद्यमी महास‌ंघ नेपालले आफ्नो सेवा विस्तार गर्दै थप सशक्त बनाउने उद्धेश्यसहित प्रदेश कमिटी गठन सुरु गरेको छ । पहिलो प्रदेश कमिटी उसले सोमबार कोशीमा गठन गरेको हो । 

कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय महिला उद्यमी महासंघ कोशी गठन भएको छ । महासंघको उपाध्यक्षमा सुशीला सापकोटा, सचिवमा सपना रिजाल र कोषाध्यक्षमा सारदा तामाङ चयन भएका छन् ।  

नवगठित कार्यसमितिको सदस्यमा सुस्मा पौडेल, तारा बास्कोटा, चन्दा लिम्बू, माया गुरूङ र नीलम भट्टराई रहेका छन् । नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई महासंघकी अध्यक्ष शोभा ज्ञवालीले सोमबार पद तथा गोपनियताको सपथ गराइन् । 

नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्रसमेत वितरण गरिएको छ ।

प्रकाशित: २६ श्रावण २०८२ १८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App