१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
अर्थ

पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै

कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका १६ जना विजेता आज घोषणा हुने भएका छन्।

अर्थ मन्त्रालयको सुवर्ण हलमा आज बिहान ९ः३० बजे हुने कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्मका १५ जना र एक जना बम्पर विजेता घोषणा गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागका अनुसार पुरस्कार विजेता छनोटका लागि नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडी सहभागी हुनेछन्।

प्रकाशित: १६ कार्तिक २०८३ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App